सहिद परिवार लाई सिलिन्डर चुलाे वितरण गर्दै दार्मा गाउँपालिका सल्यान

पुष्कर पन्थ सुनार असार ३१ सल्यान

सल्यानको दार्मा गाउपालिकाले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका सहिद परिवारजनलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ।
सहिद स्मृति सभा हलमा एक कार्यक्रमको आयोजना गरि राज्य र बिद्रोही पक्ष बाट ज्यान गुमाएका परिवारजनलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै दार्मा गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि निम बहादुर के सी (अरुण) ले  नेपालमा भएका सबै परिवर्तनको बाहक  सहिदहरु भएको र दार्मा गाउँपालिकाले सहिदहरुको उच्च सम्मान गर्ने र गरिरहेको बताए ।
उनले तत्काल सहिद परिवार समाजलाई सहिद स्मृति प्रतिष्ठान गठन गरेर अगाडि बढ्न सल्लाह दिदै गाउँपालिकाले पुुर्ण सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै ने.क.पा. माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा दार्मा गाउपालिका इन्चार्ज अनन्त प्रसाद गौतम ले सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याइ जनतालाई स्थानीय सरकारको अनुभुती  गराउनमा महान सहिदको महत्त्वपूर्ण भुमिका भएकोले सहिद र सहिद परिवारको उच्च सम्मान गर्नुपर्ने बताए ।
सहिद परिवारलाई सम्मान सहित २५ घर परिवारलाई एक÷एक थान खाना पकाउने ग्यास सिलिन्डर र चुलोसेट पनि प्रदान गरिएको छ ।
जनक्रान्तिका महान सहिद परिवार दार्माको समन्वय साथै दार्मा गाउपालिका सल्यानको आयोजना भएको सम्मान सम्मान कार्यक्रममा  विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी र पत्रकार लगायतको  उपस्थिति रहेको थियो ।
सहिद परिवारका जेष्ठ नागरिक टेक बहादुर बुढाथोकी को अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्तव्य दार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम ओलीले राखेको थिए भने सञ्चालन अनिल चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation