दुष्टहरुको शासन !

देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो
प्यारो मातृभूमिको अस्मित गुम्यो देशको भुगोल गुम्यो
देशका सपुतहरूले खडा गरेको सान गुम्यो वीर सहिदहरुको सानले लेखिएको आजादिको नाम गुम्यो देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो ।।

दलितहरुको अधिकार गुम्यो आदिवासी जनजातीहरुको आफ्नो मौलिक संंस्कृति गुम्यो
डाडा पाखाहरुका सुन्दर वस्तिहरु गुम्यो
तराइको पोल्ने घममा पसिना पोख्ने श्रमिकहरुको पसिना गुम्यो
दुष्टहरुको शासनमा जनताको परिचय गुम्यो ।।

युवाहरुको पौरख गुम्यो बुढापाकाहरुको शौरभ गुम्यो विद्वानहरुको ज्ञान गुम्यो
विज्ञानको प्रयोगशाला गुम्यो उद्योगीहरुको उद्योग गुम्यो
सच्चा देशभक्तहरुको राजनीति गुम्यो दुष्टहरुको शासन भित्र सबै गुम्यो ।।

अन्तरास्ट्रिय छवि गुम्यो आफ्नो निर्णय शक्ति र स्वशासन गुम्यो वुद्धका उपदेश गुम्यो सगरमाथाको शीर झुक्यो ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation