हङकङ सिक्सेस: क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित

१७ कार्तिक, काठमाडौं

‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।

समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन सकेनन्। सन्दीप जोरा डक आउट भएपछि नेपालको ब्याटिङ लाइन कमजोर देखिएको थियो।

टस हार्दै ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालका लागि प्रतिस जिसी र नारायण जोशीले १/१ विकेट लिए।

१२४ रनको लक्ष्य पछ्याएको नेपाल अलआउट हुँदै पराजित भएको हो। यो प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation