रंगरोगनपछि यस्तो देखियो वीरगञ्जको कृषि औजार कारखाना

२६ कार्तिक, वीरगञ्ज 

विगत तीन दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पछिल्लो केही समयदेखि सञ्चालन भइरहेको छ।

अहिले कारखानाको भवनमा रंगरोगन गरिएको छ। नेपाल कमर्शियल आर्टिस्ट एशोसिएसनका कलाकारले निःशुल्क  रंगरोगन गरिदिएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।

सरकारले कारखाना बन्द गरेपछि उपकरणसँगै भौतिक संरचनासमेत जिर्ण बनेका थिए। डा. महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएसँगै कारखानाका औजार तथा उपकरण पनि सञ्चालनमा ल्याइएको छ।

अहिले कृषि औजार कारखानामा विभिन्न १० किसिमका कृषि उपकरणहरु त्यहाँ कार्यरत इन्जिनियरहरुले निर्माण गरिसकेका छन्। ती कृषि उपकरणहरुलाई चाँडै बजारमा समेत पठाइने छ।

सरकारले ०७९ साल असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो।

केन्द्रले औपचारिक रूपमा सोही वर्षको माघ महिनादेखि कारखानामा काम गर्न सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation