यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक हानेकी छन् ।
छनोटअन्तर्गत आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै कप्तान महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौकाको मद्दतमा १०० रन पूरा गरिन् ।
शतक प्रहार गर्ने पूजा नेपाली टिमकी दोस्रो खेलाडी हुन् । यसअघि रुविना बेल्वासे क्षेत्रीले पनि शतक हिर्काएकी थिईन् ।