Pranmancha

Advertisment

SKIP THIS

एनपीएलमा आज सुदूरपश्चिम र जितविहिन लुम्बिनी भिड्दै

२२ मंसिर, काठमाडौं 

नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन लुम्बिनी लायन्सबीच हुनेछ । खेल बिहान ९ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

यो खेल राष्ट्रिय टिमका कप्तान रोहित पौडेल र टाइगर उपनाम पाएका दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ ।

दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती दुवै खेल जितेर शानदार सुरुवात गरेको छ । उता रोहितको लुम्बिनीले भने सुरुवाती दुवै खेलमा हार व्यहोरेको छ ।

सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्दै जनकपुरलाई अंकतालिकामा भेट्टाउने लक्ष्यमा छ भने लुम्बिनी पहिलो जितको लक्ष्यमा छ ।

शुक्रबारको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको लुम्बिनीले २४ घण्टा नबित्दै अर्को खेल खेल्नुपर्ने अवस्था छ । अब लगातार खेल रहेकोले लुम्बिनीलाई जित्नका लागि ठूलो दबाब छ । पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको थियो । ब्याटिङ राम्रो भएपनि बलिङ कमजोर हुँदा लुम्बिनीलाई स्कोर डिफेण्ड गर्न कठिन भएको छ ।

उता सुदूरपश्चिम रोएल्सले भने ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेको छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले तथा दोस्रो खेलमा काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो ।

खेल : सुदूरपश्चिम रोएल्स भर्सेस् लुम्बिनी लायन्स

मिति र समय : २२ मंसिर, विहान ९ बजे

लुम्बिनी लायन्स सम्भावित ११ : आशुतोष घिरैया, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, तिलक राज भण्डारी, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहन मुस्तफा, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation