नेपाल प्रिमियर लिग (एनपीएल) मा बज दु२ चर्चित शहरको टिम काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । टीयू मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुने यस खेल दुवै टोलीका लागि ‘नकआउट’ खेल जस्तै हुनेछ ।
जित्ने टिमको प्लेअफको सम्भावना बलियो हुनेछ भने हार्ने टिमको प्लेअफ होड कठिन बन्नेछ ।
त्यसैले यस खेल दुवै टिमलाई निकै महत्वपूर्ण छ । यी दुई टिममध्ये एक टिमको मात्र ८ अंक सम्भव हुन सक्नेछ । दुवै टिमले समान ५ खेल खेलेका छन् । त्यसमा पनि समान २ जित र ३ हारबाट समान ४ अंक छ । दुवैले एकआपमसा खेलेपछि अन्तिम खेल खेल्न बाँकी नै हुनेछ । त्यसैले दुवै टोली बजको खेल जितेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
काठमान्डु र पोखरामध्ये आज जित्ने टिमले आइतबार हुने आफ्नो अन्तिम खेल जितेमा प्लेअफ पुग्न सक्छ ।
आजै हुने चितवन राइनोज र जनकपुर बोल्टसबीचको खेलपछि पनि प्लेअफ समिकरण अझ प्रष्ट हुनेछ ।
आजको खेलमा चितवन जनकपुरसँग पराजित भएमा पोखरा र काठमान्डुमध्ये बाँकी दुवै खेल जित्ने टिम शीर्ष चार रहँदै प्लेअफ पुग्नेछ । प्लेअफका लागि धेरै खालका समिकरणहरु भएपनि पोखरा र काठमान्डुका लागि भने जितको विकल्प छैन ।
दुवै टोलीको नेटरनरेट पनि नेगेटिभ रहेको र अझ माइनस वान भन्दा तल रहेकोले राम्रो नेटरनरेटमा जित आवश्यक छ ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले पछिल्लो खेलमा विराटनगर किंग्समाथि सुपर ओभरमा सानदार जित हात पारेको थियो । उता करण केसीको कप्तानीमा रहेको काठमान्डु दुवैले आफ्नो पछिल्लो खेलमा जनकपुर बोल्ट्ससँग हार व्यहोरेका थिए ।
आजको खेलपछि काठमान्डुले विराटनगर किंग्स र पोखराले सुदूरपश्चिम रोयलसँग खेल्न बाँकी छ ।