अखिल (क्रान्तिकारी )सल्यानकाे चाैथाे पुर्ण बैठक सम्पन्न

पुष्कर पन्थ सुनार साउन १0 सल्यान
अखिल (क्रान्तिकारी) सल्यान को चौथाे बैठक सम्पन्न भएको छ ।
सल्यान को श्रीनगर मा उक्त बैठक सभाअध्यक्ष अखिल क्रान्तिकारी सल्यान अध्यक्ष राजेन्द खड्का को अध्यक्षता तथा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेल, जिल्ला पार्टी कार्यालय पार्टी सदस्य मदन चन्द, अखिल क्रान्तिकारी केन्द्रिय सचिबबालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान क्षेत्री काे उपस्थित रहेको थियोे ।

बैठकका प्रमुख अतिथि कमरेड सविनले प्रशिक्षणात्मक मन्तव्य दिदै नेपालाे शिक्षा क्षेत्रमा देखिएको निजीकरण, ब्यापारीकरण माफियाकरण, दलाल पुजीवादी सत्ताले निम्त्याएको ठुलो समस्या हाे यसको अन्त्यका निम्ति बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा भएको बताउनु भएको छ !साथै अहिलेसम्म जति नेपाल परिवर्तन आए विद्यार्थी आन्दोलन गर्दा नै यो देश केहि परिवर्तन आएको र देशलाई गुणस्तरीय शिक्षा बनाउन लागि विद्यार्थी उच्च शिक्षा निशुल्क शिक्षा प्राप्ति र देशलाई समृद्ध बनाउनाका लागि अझै सशक्त भएर लाग्न हौसलासहित निर्देशन दिनुभयो । बैठकले संगठन विस्तार अभियान ,शैक्षिक क्षेत्रका विकृति का विरुद्ध संघर्ष गर्ने र भदौ मसान्तसम्म पालिका सम्मेलनहरु सम्पन्न गर्ने लगायत महत्त्वपूर्ण निर्णय लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation