प्यूठानी कलाकारलाई विशेष स्थान दिन्छौं : प्यार अलि खान

पुष ३ बुधबार,प्युठान ।यही पुष ५ गतेदेखि १७ गतेसम्म हुन गईरहेको प्रथम भित्रिकोट प्यूठान महोत्सवमा सम्भव भएजति प्यूठानी कलाकारलाई समेट्ने योजना रहेको आयोजक मूल समारोह समितिका संयोजक प्यार अलि खानले बताउनुभएको छ।

प्यूठान घर भएका काठमाण्डौ लगायत बाहिरी जिल्लालाई कर्मथलो बनाई कलाकारितामा जमेका कलाकारलाई अधिकतम समेट्ने प्रयास गरिएको उहाँले बताउनुभयो। ‘कला,गला र पहिचान भएकालाई जोड्दै जानेछौं,’ उहाँले भन्नुभयो । ‘केहि कलाकारको लिस्ट बनिसकेको छ ,बाँकिलाई समेट्दै जानेछौं।’

महोत्सव यहि पुष ५ देखि १७ गतेसम्म प्रस्तावित प्रदर्शन स्थल प्यूठान नगरपालिका – ७ टिकुरी बसपार्क नजिकै झिम्रुक नदी किनारमा लाग्दैछ। प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले मेलाको आयोजना गर्न लागेको हो ।

महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुहुने आयोजकले जनाएको छ ।प्युठान डान्स आईडलको अडिसनको लागि लोकेन्द्र सुनारको संयोजकत्वमा जिल्लाव्यापी रुपमा प्रतिस्पर्धीहरु छनोट गर्ने दौडधुप भईरहेको संयोजक प्यार अलि खानले बताउनुभयो।महोत्सवको तयारी तिब्र पारिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक खानले हामीलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation