प्युठान डान्स आईडल सिजन-२; जिल्लाभरबाट ४५ प्रतिस्पर्धी ,भोलि मेघा राउन्ड

४ पुष,प्युठान।प्युठान डान्स आईडल सिजन-२ को अडिसन राउन्ड सम्पन्न भएको छ।अडिसनबाट जिल्लाभरका ४५ जना प्रतिस्पर्धी छनोट भएका छन्।भोलि अर्थात पुष ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रथम भित्रिकोट प्युठान महोत्सव-२०८१ का लागि उक्त आईडल सञ्चालन गरिएको हो।

प्युठान डान्स आईडल सिजन-२ को अडिसन राउण्डबाट स्वर्गद्वारी नगरपालिका भिङ्गीमा १४ जना,गौमुखी गाउँपालिका ठुलाबेसिमा १० जना र प्युठान नगरपालिका जुम्रीमा २१ जना छनोट भएको डान्स आईडलका संयोजक लोकेन्द्र सुनारले बताउनुभयो।

जिल्लाभरबाट छनोट भएका ४५ जना प्रतिस्पर्धिलाई भोलि प्युठान  नगरपालिका विजुवार प्युठानस्थित कालिका विकास केन्द्र नेपालको हलमा मेघा राउन्डका लागि अडिसन भई टप-ट्विन्टी छनोट गरिने संयोजक सुनारले बताउनुभयो।

आईडलमा प्रथम हुनेले ५० हजार मेडल,ट्रफि र प्रमाणपत्र,द्वितीय हुनेले ३० हजार मेडल,ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले २० हजार मेडल,ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन्।

महोत्सवको उद्घाटन प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुहुने आयोजकले जनाएको छ ।महोत्सवको सम्पूर्ण  तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मूल समारोह समितिका संयोजक प्यार अलि खानले हामीलाई जानकारी दिनुभयो ।

मेला यहि पुस ५ देखि १७ गतेसम्म प्रस्तावित प्रदर्शन स्थल प्यूठान नगरपालिका – ७ टीकुरी बसपार्क नजिकै झिम्रुक नदी किनारमा लाग्दैछ। प्यूठान उद्योग वाणिज्य संघ प्यूठान नगर बजार क्षेत्रले मेलाको आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation