स्वर्गद्वारीमा रेडक्रसको प्रथम प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी सञ्चालन

५ पुष,प्युठान।स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको प्रथम प्रदेश स्तरीय युवा सशक्तिकरण गोष्ठी उद्घाटन भएको छ।गोष्ठीको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख प्पधरम बहादुर जिसीले पानसमा बत्ती बालेर गर्नुभएको हो।

स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानका क्याम्पस  सञ्चालक समितिका अध्यक्ष कृष्णध्वज खड्काको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यता,मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का,प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुनकुमार कक्षपती,नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाका सभापति गुमानराज पुलामी,लुम्बिनी उपकोषाध्यक्ष ज्ञानहरी रिजाल,क्याम्पस प्रमुख गुन्ज बहादुर खड्का,सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा,स्ववियु सभापति एवम् पदाधिकारी,बाहिरी जिल्लाबाट आउनुभएका प्रशिक्षकहरुको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक एवम् शिक्षक नायब दामोदर पोख्रेलले जानकारी दिनुभयो।कार्यक्रममा रेड्क्रसका ७ सिद्धान्तलाई अत्मसात गर्दै रेड्क्रसका संस्थापक हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण गरिएको थियो।प

कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरम बहादुर जिसीले दुई दिवसिय गोष्ठी सम्पन्नताको लागि शुभकामना व्यक्त गर्नुभएको छ।’रेडक्रस ७ सिद्धान्तमा रहेर काम गर्ने र विपतमा अग्र भूमिकामा रहि काम गर्दछ।’ ‘ रेडक्रसले जिल्लाभर उदाहरणीय कार्य गरेको छ।’ जिसिले भन्नुभयो।

उद्घाटित कार्यक्रमको सम्पन्न गर्दै अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णध्वज खड्काले प्रदेश स्तरीय कार्यक्रम जिल्लाको क्याम्पसमा सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै आयोजक र समन्वय गर्ने समूह प्रती धन्यवाद एवम् आभार व्यक्त गर्नुभयो।सामाजिक कार्यलाई आत्मसात गर्दै मन,वचन र कर्मले गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो जिल्लाका ७५ वटै विद्यालयमा रेड्क्रसका शाखाहरु गठन गर्नुपर्छ र संस्थागत विकासका निम्ति स्थानीय तहसँग जोड्नुपर्छ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा भएको उक्त गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाको समन्वय र नेपाल युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आतिथ्यतामा उक्त कार्यक्रम सञ्चालन भएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशभरका विभिन्न जिल्लाका २/२ जनाका दरले सहभागी भएको छन।साथै शिक्षक नायब हरु पनि सहभागी भएका छन् ।आज उद्घाटन भएको उक्त कार्यक्रम आज र भोलि गरि दुई दिवसीय प्रशिक्षण कार्यक्रम रहेको क्याम्पस प्रमुख गुन्जबहादुर खड्काले हामिलाई बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation