प्युठान सहित तीन जिल्ला उत्कृष्ट शाखाकाे रुपमा सम्मानित

६ पुष,नेपालगञ्ज।राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला शाखा प्युठान लुम्बिनी प्रदेशकाे उत्कृष्ट शाखाकाे रुपमा सम्मानित भएको छ । शनिबार बाँकेकाे नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट प्युठान सहित कपिलबस्तु र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका
आन्तरिक मामिला तथा कानूनमन्त्री अादेश अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट भएका शाखाका अध्यक्षहरुलाई सम्मान पत्र प्रदान गर्नुभएको हाे ।
कानूनमन्त्री अादेश अग्रवालले सम्मान पत्र प्रदान गर्दै पत्रकारिता मार्फत उत्पिडित नागरिकका अावाज उठाउन अाग्रह गर्नुभयाे । सुशासन कायम राख्न पत्रकारिता महत्त्वपूर्ण हुने बताउदै विभिन्न विकृति विसंगतिका बिरुद्ध निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

अग्रवालले नेपालकाे संविधानले जातिय भेदभाव तथा छुवाछूत गर्न नहुने ब्यवस्था गरे पनि दलित समुदायले विभिन्न खालका विभेदहरु भाेग्दै अाएकाे बताउनुभयो ।
दलितका मुद्दा तथा बिषयहरुलाई दलित तथा गैर दलित पत्रकारहरुले कलमकाे माध्यमबाट सशक्त रुपमा उठान गरि जिम्मेवार निकायलाई झकझक्याउनुपर्ने अावश्यकता अाैंल्याउनुभयाे ।

शाखा स्थापनापछि नियमित बैठक, निर्णय कार्यन्वयन, क्षमता विकास र सामाजिक कार्य निरन्तर रुपमा गर्दै अाएकाे र पत्रकारिता मार्फत समाज रुपान्तरणमा खेलकाे भुमिकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको राष्ट्रिय दलित पत्रकार संघ,नेपा लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष टेकेन्द्र बस्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation