बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकबारे सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरू हुँदै छ। विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट हामीले धेरै कानुन निर्माण गर्नुपर्ने छ । अधिवेशनको तयारीबारे सरकार पक्षीय दलहरूको बैठक आज बसेको छ ।’

बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुुख सचेतसमेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation