Pranmancha

Advertisment

SKIP THIS

जीवन दर्शनः क्युरी र स्वास्थ्य जगतमा उनको संघर्ष

विज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरु भइरहन्छन्, घटनाहरु घटछन्, जसलाई हामी जान्न बुझ्न सक्छौ, त्यो विज्ञान हो । जसलाई हामी जान्न÷बुझ्न सक्दैनौं, जसको बारेमा कुनै उपस्थिति छैन, जसलाई हामीले अनुभुति गरेका छैनौँ, देखेका छैनौ, काल्पनिक छ, त्यो तर्कहिन मानिसहरुको लागि ईश्वर हो विज्ञानको निरन्तर विकासले ईश्वरको÷भगवानको स्थान क्रमशः कम हुँदै गएको छ र विज्ञानमाथी मानिसहरुको विश्वास पनि बढेर गएको छ । विज्ञानको विकासको कडी हो हाम्रा वैज्ञानिकहरुको लामो फेहरिस्त । महिला वैज्ञानिकको रुपमा सर्वत्र चम्किएको नाम म्याडम क्युरीमा सबैको नजर जान्छ। म्याडम क्युरी विख्यात भौतिक तथा रसायनशास्त्री हुनुहुन्थ्यो । मार्याले रेडियमको खोज गर्नुभएको थियो ।

विज्ञानका दुई शाखाहरु (भौतिक एवं रसायन विज्ञान) मा नोबेल पुरस्कारबाट सम्मानित हुने उहाँ पहिलो वैज्ञानिक हुनुहुन्छ ।

म्याडम क्युरीलाई मेरी वा मार्या भनेर पनि चिन्ने गरिन्छ । यो उहाँको घरमा बोलाउने नाम थियोे। म्याडम क्युरीको बाल्यकालको नाम मार्या थियो । उहाँको जन्म १८६७ को ७ नोभेम्बरमा पोल्यान्डको वारसा नगरमा भएको थियो । मार्याको पिताको नाम व्लाडिस्लाव स्कलोडोब्स्का थियो । पिता विज्ञान विषयको प्राध्यापनमा क्रियाशील हुनुहुन्थ्यो भने आमा माडाम स्कलोडोब्स्का वारसा नगरमा छात्रा स्कुलमा प्रधान अध्यापिकाका साथै सङ्गीतज्ञ हुनुहुन्थ्यो । त्यस समय पोल्यान्ड रुसको शासक जारको अधिनमा थियो । जहाँ केटीहरुको लागि सीमित विद्यालय थिए । जहाँ केही उत्साही महिलाहरुद्वारा सन्चालन गरिएका हुन्थे तर विश्वविद्यालय स्तरको पढाईको लागि पोल्यान्डमा कुनै सुविधा थिएन ।

मार्याको परिवार एउटा बौद्धिक परिवार थियोे । मार्या आठ वर्षको हुँदा ठुली दिदीको मृत्यु भयो । त्यसको दुई वर्षपछि आमाको पनि क्षयरोगको बिरामीको कारण देहान्त भएको थियो । आमाको निधनको केहि समय पश्चात् पिताको जागीर पनि छुटयो । देशभक्ति सोचाइको कारण उनका पिताले जागीरबाट हात धुनु परेको थियो। मार्याको परिवार तत्कालीन जार शासकको विरोधी थियो । उहाँहरु देशभक्ति भावनाले ओतप्रोत हुनुहुन्थ्यो । कठिन परिस्थितिहरु एवं निर्धनतामा विद्यालय शिक्षा पूरा गरेपछि अब सवाल थियो विश्वविद्यालय स्तरको पढाई पोल्यान्डमा बसेर सम्भव थिएन । त्यसको लागि फ्रान्स जानुपर्र्ने हुन्थ्यो ।

पितालाई घर व्यवहार चलाउन सकस परिरहेको बेला दुई बहिनी छोरीहरूलाई बाहिर पढ्न पठाउनु सामाथ्र्य भन्दा बाहिरको कुरा थियोे । अतः मार्या र उहाँको दिदीले सल्लाह गर्नुभयो कि बहिनीले नोकरी गर्ने र दिदी पढ्न जाने । दिदीको पढाई पश्चात् दिदीले जागिर गर्ने र बहिनीले पढने समझदारी भयो र सोही अनुसार मार्याले वार्साको धनी जमीन्दारको घरमा बच्चा बच्चीहरुलाई स्याहार सुसार गर्ने र पढाउने काम गर्नुभयो र त्यस बापत प्राप्त भएको तलब दिदीलाई फ्रान्सको राजधानी पेरिसमा पठाउने गर्नुहुन्थ्यो । उहाँको दिदी ब्रोन्याले पेरिसमा चिकित्साशास्त्रको अध्ययन गर्नुहुन्थ्यो । चार वर्षको अध्ययन पूरा गरेपछि ब्रोन्या जागीरमा लाग्नु भयो र बहिनी मार्याले जमीन्दारको घरमा बच्चाबच्ची स्याहार सुसार गर्ने र पढाउने गवर्नेस को नोकरी छोडेर उच्च शिक्षा अध्ययनका लागि पेरिस जानुभयो ।

दिदीको विवाह भइसकेको थियो । केही समय दिदी भिनाजुसङ्ग बस्नुभयो र पछि कोठा लिएर अलग्गै बस्नुभयो । अलग्गै बस्ने क्रममा कैयौंदिन भोकभोकै पनि रहनु प¥यो । दिदी भिनाजुले बेलाबेलामा सहयोग गर्ने गर्दथे । मार्याको जुझारु र संघर्षशील स्वभाव थियोे । कसैसँग नझुक्ने र नदब्ने बानी थियो । उहाँले जारशाही रुसी साम्राज्यप्रती अत्यन्तै घृणा गर्नुहुन्थ्यो । त्यति मात्रै होइन त्यो घृणाको घेरा जारशाही रुसी साम्राज्य समर्थक पोल्यान्डवासी शासक, कर्मचारी र शिक्षकसम्म फैलिएको थियो। विश्वविद्यालय अध्ययनको दौरानमा उहाँ विभिन्न अध्ययन केन्द्रहरुसङ्ग जोडिनु भएको थियो । जहाँ विज्ञान,प्रविधि ,राजनीति र समाजवादको बारेमा थुप्रै बहस,छलफल र विचारहरुको आदानप्रदान हुन्थ्यो ।

उहाँको समाजवादप्रती गहिरो झुकाव थियोे । उहाँ पढाईमा अत्यन्तै तिक्ष्ण र लगनशील हुनुहुन्थ्यो। उहाले पन्ध्र वर्षको उमेरमा स्वर्ण पदक सहित हाईस्कूलको शिक्षा पूरा गर्नुभएको थियोे । उच्च शिक्षा अध्ययनमा पनि छात्रवृत्ति प्राप्त गर्नुभएको थियोे । १८९१ मा मार्या स्कलोडोब्स्काले सोरबान विश्वविद्यालय पेरिसको विज्ञान विभागमा भर्ना हुनुभयो । विश्वविद्यालयमा मार्या प्रथम स्थानमा उत्तीर्ण हुनुभयो तथा छात्रवृत्तिबाट मार्याको अगाडि को पढाई शुरु भयो । पढाईको दौरानमा नै मार्याको चिनजान विश्वविद्यालयको एक प्रोफेसर पियरे
क्युरीसङ्ग भयो ।

जो विश्वविद्यालयको प्रयोगशालामा सहायक पदमा नियुक्त हुनुभएको थियो । यसै दौरानमा मारी र पियरेको बीचमा प्रेम भयो र यी दुबैले विवाह गरेर फ्रान्समा नै रहने निर्णय गर्नुभयो । अब मारी एवं पियरेको सम्पुर्ण समय आफ्नो प्रयोगशालामा नै व्यतित हुन्थ्यो । विश्वविद्यालय स्तरको परिक्षा समाप्त भए लगत्तै पछि मार्याको पहिलो पुत्री इरीनको जन्म भयो । अब मार्याको अगाडि थियोे डाक्टरेटको उपाधी । जसको लागी कुनै नयाँ चिजको शोध आवश्यक थियो । मार्याको लागि समस्या थियो कुन विषयलाई शोधको लागि छान्ने ।

यी दिनहरुमा वैज्ञानिक हेनरी बेकेरलले एक लेख एक्सरेज किरणहरुको बारेमा लेख्नुभएको थियो तथा उहाँले यी अदृश्य किरणहरुको खोज गर्नुभएको थियो । तर यी किरणहरुको स्वभाव र उत्पत्तिको बारेमा अधिक जानकारी विश्वलाई थाहा थिएन । मार्यालाई आफ्नो सोधको लागि विषय प्राप्त भइसकेको थियोे । यो सोध कार्यमा उहाँलाई सहयोग पियरे क्युरीले गर्नुभयो । विश्वविद्यालयबाट प्राप्त एक कोठामा मारी र पियरे घण्टौँ सोध गर्नुहुन्थ्यो ।

उहाँहरुले देख्नोभयो कि थोरियमबाट पनि यसप्रकारको किरण निस्कन्छ । यस सिद्धान्तको लागि उहाँहरुले “रेडियो एक्टिविटी“ नाम दिनुभयो । प्रयोगहरुद्वारा मारीले पाउनु भयो कि केही यस्तो चीज जरुर छ जो युरेनियम वा थोरियम भन्दा धेरै शक्तिशाली छ, त्यो रेडियो एक्टिविटी यसैको कारण हो । अब उहाँको काम थियो त्यस वस्तुलाई एकत्रित गरी रेडियो एक्टिविटीबाट एक नौलो चीजको उत्पत्ति गर्नु । यसप्रकार मार्याले “पिचब्लेड“ एक प्रकारको खनीजबाट एक रेडियो एक्टिव तत्वलाई अलग गरिदिनुभयो । यसको नाम मार्याले गुलाम पोल्यान्डलाई सोचेर पोलेनियम (१८९८) राख्नुभयो ।

सन १९०२ मा तीन वर्ष नौ महिना पछि मारी एवं पियरेले सोध गर्दै गर्दा पिचब्लेडको केही अंशबाट चम्किलो कर्ण प्राप्त गर्नुभयो जसको नाम उहाँहरुले “रेडियम“ राख्नुभयो । रेडियमको आविष्कारले सम्पुर्ण विज्ञान जगतमा एक नयाँ क्रान्ति ल्याइदियो ।

मूलतत्व सदैब एक जस्तो रहन्छ, विज्ञानको यस धारणालाई रेडियमले विफल पारिदियो । रेडियो एक्टिविटिको कारण यो तत्व दोश्रो तत्वमा बदलिन्छ। चिकित्सा विज्ञान र रोगहरुको उपचारमा यो एक महत्वपूर्ण र क्रान्तिकारी खोज सावित भयो । १९०३ मा म्याडम क्युरीले पी.एच.डी.पूरा गर्नुभयो । १९०३ मा पियरे क्युरी, म्याडम क्युरीलाई संयुक्त रुपमा हेनरी बेकरलको साथ भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरियो । फ्रान्सको त्यस विश्वविद्यालयमा महिलाहरुलाइ जागीर दिने प्रथा थिएन । परन्तु मारीको योग्यताले यी सबैमाथी विजय प्राप्त गरेको थियो । यसै बीचमा मारी एवं पियरेलाई दोश्रो सन्तानको रुपमा छोरी ईवको अवतरण भयो । अचानक १९०६को एक साझ पियरे क्युरीको एक सडक दुर्घटनामा मृत्यु भयो ।

पियरे को मृत्युपछि विश्वविद्यालयद्वारा मारी क्युरीलाई पदार्थ विज्ञान विभागको जिम्मेवारी सुम्पियो । विश्वविद्यालयद्वारा यो भन्दा पहिले कुनै महिलालाई यति उच्च पद दिइएको थिएन । मारीको पहिलो आख्यानलाई सुन्नको लागि विज्ञान जगत, फिल्मजगत तथा मिडिया जगतका अनेक व्यक्तिहरुद्वारा सोरबान विश्वविद्यालयको हल खचाखच भरिएको थियो । म्याडम क्युरीले यस ऐतिहासिक आख्यानलाई त्यहीबाट शुरु गर्नुभयो जहाँ पियरे क्युरीले छोडेर जानुभएको थियो । सन् १९१९ मा मारी क्युरीलाई पुनः रसायन विज्ञानको क्षेत्रमा रेडियमको शुद्धीकरण (आइसोलेशन अफ प्योर रेडियम) को लागि रसायन शास्त्र तर्फको नोबेल पुरस्कर पनि मिल्यो । विज्ञानका दुई शाखाहरुमा नोबेल पुरस्करबाट सम्मानित हुने मार्या पहिलो वैज्ञानिक हुनुहुन्छ । वैज्ञानिक आमाका दुई छोरीहरुले पनि नोबेल पुरस्कार प्राप्त गरे ।

ठुली छोरी इरीनलाई १९३५ मा रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त भयो भने अर्की छोरी ईवलाई १९६५ मा शान्तिको लागि नोबेल पुरस्कार मिल्यो । यसै समय १९१४ मा प्रथम विश्वयुद्धको आरम्भ भयो । मारी क्युरीद्वारा खोज गरिएको रेडियमको प्रयोग अब विशाल स्तरमा चिकित्सा विभागमा हुनलाग्यो।एक्स किरणद्वारा हाडहरुको चित्र खिच्न थालियो। क्यान्सरको उपचारमा पनि रेडियमको प्रयोग हुन लाग्यो । प्रथम विश्व युद्धको समय युद्ध पीडितहरुको लागि म्याडम क्युरीले महिला संघको सहयोगबाट “एक्सरे भ्यान“ को निर्माण गर्नुभयो । जसले युद्ध स्थलमा गएर घाइतेहरुको एक्सरे खिचिन्थ्यो । म्याडम क्युरी एवं पियरे क्युरीले रेडियम बनाउने विधिलाई कहिल्यै पनि पेटेन्ट गराउनुभएन । उहाँ हरुको विचारमा रेडियमको प्रयोग हरेक आवश्यक क्षेत्रमा जो कोहीले पनि गर्न पाउन भन्ने थियो ।

रेडियमको अत्यन्त धेरै सम्पर्कमा रहनुको कारण म्याडम क्युरीको स्वास्थ्य माथी नराम्रो प्रभाव प¥यो । उहाँको आँखाको ज्योति सुस्तसुस्त बन्द हुँदै गयो । अन्ततः रेडियम नै मारी क्युरीको मृत्युको कारण बन्न गयो । रेडियमको प्रभावको कारण नै म्याडम क्युरीको शरीरमा रगतको कमी हुनगयो, जोकि उहाँको मृत्युको कारण बन्यो । म्याडम क्युरीको रेडियम सम्बन्धि सिद्धान्तहरु उल्लेख भएको डायरी फ्रान्सको म्युजियममा अहिलेसम्म पनि सुरक्षित रहेकोे पाइन्छ । एउटा यस्तो समय जहाँ महिलाहरुलाई उनीहरुको आफ्नो हक अधिकारबारे जान्ने कुराबाट उनीहरुलाई धेरै टाढा राखिएको थियो । संघर्षबाट अलग गरिएको थियो । उनीहरुलाई अन्य घरायसी काममा अल्झाइएको थियो । त्यस समयमा म्याडम क्युरीको विज्ञान जगतमा एक अभुतपुर्व ताराको जस्तै उदय भयो । आज उहाँ केवल विज्ञानको क्षेत्रमा मात्र नभएर महिला मुक्तिको अभियानमा सारा मानवताको लागि उदाहरण बन्ने काम भएको छ । आफ्नो प्रतिभा, आफ्नो मेहनत, आफ्नो ध्येयप्रति लगन, आफ्नो ध्येयप्रति समर्पणको कारण हामी सबैको लागि अनुकरणीय हुनुहुन्छ। युगौँयुगसम्म मानवजातिको मन मस्तिस्कमा जीवित रहनुहुने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation