सहित्य परिषद प्यूठानको अध्यक्षमा खनाल चयन!

२७ माघ, प्युठान

सहित्य परिषद प्यूठानको ३० औँ साधारण सभा तथा १० औँ अधिवेसनबाट अध्यक्षमा विमला खनाल को नेतृत्वमा १५ सदस्य कार्यसमित चयन भएका छन ।

जसको उपाध्यक्षमा उपाध्यक्ष धुर्व गिरी , सचिव राजकुमारी कुँवर, कोषाध्यक्ष श्याम बिष्ट,सहसचिव सुमन सुवेदी, सदस्यहरू रामप्रसाद पोखरेल, खेमराज पोखरेल ,जयश्वर जैसी ,लोकेन्द्र जिसी, लक्ष्मी मगर सङ्घर्ष ,कमला पोख्रेल, सिर्जना नेपाली, भानुभक्त पोखरेल, टिकाराम रिजाल, प्रार्थना सुनार निर्विरोधन चयन भएक हुन ।

कार्यक्रममा मुखपत्र तथा सुमन पुस्तकको विमोचन श्रष्टा सम्मान, प्राध्यापक डाक्टर गोपेन्द्र पौडेलद्वारा लिखित यात्राको धुनको चर्चा तथा विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

कार्यक्रमको अध्यक्षता परिषद प्यूठानकी अध्यक्ष बिमला खनाल रहेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य प्राध्यापक डाक्टर गोपेन्द्र पौडेल, विशिष्ट अतिथि प्युठान नगरपालिकाका मेयर , तथा स्वर्गद्धारी नगरपालिका मेयर ,लगायत विभिन्न व्यक्तिको अतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान गरिएका व्यक्तित्व अर्जुनकुमार कक्षपति , लिला पुन , कमल पोख्रेल, मोहन गिरी, निम बहादुर थापा , विपी सेडाई, सानु गुल्मेली लगाएत श्रष्टालाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा जिल्ला स्तरीय गजल वा लेखन तथा वाचन प्रतियोगिता पनि गरिएको थियो । गजल प्रतियोगितामा प्रथम , द्धितृय र तृतीय क्रमश श्याम श्याम बिष्ट, लक्ष्मी मगर सङ्घर्ष र लालीमाया थापाला भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation