मिर्गौला पीडित शशिराम बि.क.लाई आर्थिक सहयोग गर्न परिवारको अपिल

६ फागुन, स्वर्गद्वारी प्यूठान

मिर्गौला पीडित शशिराम बि.क.लाई आर्थिक सहयोग गर्नका लागि उनको परिवारले अपिल गरेको छ।

जीवन अमूल्य हुन्छ, तर कहिलेकाहीं कठोर परिस्थितिले कसैको अस्तित्व नै संकटमा पार्न सक्छ। यस्तै परिस्थितिबाट अहिले स्वर्गद्वारी नगरपालिका–५ निवासी ससि राम बि.क. गुज्रिरहेका छन्।

केही समयअघि स्वास्थ्यमा अचानक समस्या देखिएपछि विभिन्न अस्पतालहरूमा गरिएका परीक्षणले उनका दुबै मिर्गौलाले काम गर्न छोडेको देखाएको थियो। चिकित्सकहरूले उनको जीवन बचाउन मिर्गौला प्रत्यारोपण नै एक मात्र विकल्प भएको बताएका छन्।

उपचार महँगो, परिवारलाई आर्थिक संकट

मिर्गौला प्रत्यारोपण अत्यधिक खर्चिलो हुने भएकाले परिवारले आफ्नो सम्पूर्ण बचत खर्च गर्दै, ऋण लिँदै, अचल सम्पत्ति बिक्री गरेर उपचारलाई निरन्तरता दिइरहेका छन्। तर, थप उपचारका लागि आवश्यक रकम जुटाउन असमर्थ भएकोले अब उनीहरूलाई बाह्य सहयोगको आवश्यकता परेको छ।

सहयोगको लागि हार्दिक अपिल

ससि राम बि.क.को जीवन बचाउनका लागि देश-विदेशमा रहेका मनकारी व्यक्ति, संघ-संस्था, तथा समाजसेवीहरूलाई आर्थिक सहयोगका लागि हार्दिक अपिल गरिएको छ। “थोपा-थोपा मिलेर समुद्र बन्छ” भन्ने भावनालाई आत्मसात गर्दै सबैले सकेजति सहयोग गरिदिन अनुरोध गरिएको छ।

सहयोग गर्न नसक्ने अवस्थामा भए पनि यो जानकारी अन्य व्यक्तिसम्म पुर्‍याइदिन आग्रह गरिएको छ।

सहयोग गर्न सकिने माध्यमहरू

सम्पर्क व्यक्तिहरू:
• बिष्णु बि.क. (बैनी): ९८४७८८३२२५
• तिलक सुनार: ९७४५४०८३५१

बैंक खातामार्फत सहयोग:
• नेपाल बैंक लिमिटेड
• बिष्णु बि.क.
• खाता नम्बर: ०५२०१००६४५५००९०००००१

“तपाईंको सानो सहयोगले अमूल्य जीवन बचाउन सक्छ!”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation