रमना पाठशालाले मनायो चाैथाे वार्षिकोत्सब

७ फागुन, दाङ (घोराही)

दाङकाे घाेराही उपहानगरपालिका १२ मा रहेकाे रमना पाठशालाले आफ्नाे चाैथाे वार्षिकोत्सब एक भव्य समारोहबीच बुधबार सम्पन्न गरेकाे छ । उद्याेग वाणिज्य संघ घाेराहीकाे सभाहलमा पाठशालाको साे कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन घाेराही उपमहानगरपालिकाका नगर अध्यक्ष बालकृष्ण वलीले विद्यालयले सिमित स्राेत र साधनका बावजुत पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा देखाएको अग्रसरता र विद्यार्थीहरुकाे रचनात्मक कला प्रदर्शनीले आफू निकै खुसी भएको बताउँदै व्यवस्थापकीय चाँजोपाँजो राम्रो मिलेकाे खण्डमा निकट भविष्यमै थप शैक्षिक सफलता प्राप्त गर्न सफल हुने बताएका छन् ।

विशिष्ट अतिथि राजेन्द्र श्रेष्ठले मेरिल्याण्ड र रमना जुम्ल्याहा स्कुल भएकोले आफूहरुले शैक्षिक गतिविधि पनि सँगसँगै अगाडि बढाइरहेकाे बताए । उनले रमना पाठशालाकाे टिम जुझारु युवा शक्तिले भरिपूर्ण भएकोले निकै जागर र उत्साहका साथ विद्यालयका समग्र शैक्षिक गतिविधिहरु अगाडि बढाएकाे तर्क गरे । उनले रमना पाठशाला पनि पाठ्यक्रमकाे सिकाइकाे अलावा अन्य सिर्जनात्मक र रचनात्मक काममा उत्कृष्ट कला र प्रतिभाकाे प्रदर्शनीसहित गतिविधिहरुमा विद्यार्थीहरुलाई सहभागी बनाएकाे बताए ।

कार्यक्रममा बाेल्ने अन्य वक्ताहरूले पनि विद्यालयकाे उनन्नयकाे कामना गर्दै शैक्षिक गुणस्तर सुधारमा सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गरे ।

विद्यार्थीमा शैक्षिक पाठ्यक्रममा रहेकाे ज्ञानकाे अलावा उनीहरूकाे रचनात्मक र सिर्जनात्मक ज्ञानकाे पनि राम्रो विकास हाेस् भन्ने हेतुले नियमित रुपमा अतिरिक्त क्रियाकलापसँगै गायन, नृत्य, तेक्वान्दो लगायतका साँस्कृतिक कार्यक्रममा पनि विद्यार्थीहरुलाई सहभागी गराइरहेकाे विद्यालयका प्रिन्सिपल सामिन जय बुढाले बताए ।

उनले विद्यालयलाई नयाँ व्यवस्थापनका साथ शैक्षिक गुणस्तरता प्रदान गर्न विद्यालय प्रशासन, सञ्चालक समिति र अभिभावककाे सबैखाले समन्वय जरुरी रहेकाे उल्लेख गर्दै साे प्रकारकाे त्रिकाेणात्मक संयाेग मिलिरहेकाेले निकट समयमै विद्यालयले शैक्षिक जगतमा फड्को मार्न सफल हुने जिकिर गरे ।

कार्यक्रमकाे अवसरमा विभिन्न सांगीतिक एवम् सांस्कृतिक बेजाेड प्रस्तुति सहित विद्यार्थीकाे कला प्रदर्शनी गरिएको थियो । वार्षिकोत्सब समारोहमाकाे सभाध्यक्ष विद्यालय सञ्चालक समितिका अध्यक्ष बल बहादुर बुढा रहेका थिए भने प्याब्सन घाेराही नगर अध्यक्ष बालकृष्ण वलीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
विद्यालयका शिक्षक अर्जुन घर्तीकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मेरिल्याण्ड बाेर्डिङका प्रिन्सिपल राजेन्द्र श्रेष्ठ, मावि बिजाैरीका प्रधानाध्यापक गनबहादुर वलीकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे संचालन सोही स्कूलका सहायक प्रिन्सिपल नोहीत बम रसाइली गरेका थिए ।

स्वागत मन्तव्य अर्जुन घर्तीबाट सुरु भएको कार्यक्रममा विशिष्ट अतिथिहरु मावि हापुर बिजाैरीका प्रधानाध्यापक गनबहादुर वली लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभेच्छा व्यक्त गरैका थिए

विद्यालयले कार्यक्रममा उपस्थित भएका अतिथिहरुलाई मायाको चिनो स्वरुप डा. महावीर पुनको आत्मकथा पुस्तक हस्तान्तरण गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation