घोराहीमा शान्ति श्री परियार र हेमन्तको बेजोड प्रस्तुतिमा उर्लियो जनसागर

१० फागुन, दाङ

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा शनिवार हाउस फुल भएकाे छ । महाेत्सवमा दर्शकहरूकाे अत्यधिक भिड भएपछि तीनवटै गेट खुल्ला गरेर दर्शकहरूलाई बाहिरिने व्यवस्था मिलाईएकाे थियाे ।

महाेत्सवमा शनिवार दिउसाे महाेत्सव स्थल दर्शकहरूकाृ खचाखच उपस्थिति भएपछि सुरक्षालाई मध्यनजर गर्दै महाेत्सव स्थलमा रहेका तीन वटै गेट खुला गरेर दर्शकहरूलाई बाहिरिने व्यवस्था मिलाईएकाे महाेत्सव आयाेजक मूल समितिका संयाेजक वसन्त जाेशीले जानकारी दिए ।

महाेत्सवमा प्रवेश गर्ने मार्गमा भिड अत्यधिक भएपछि स्टल नै फाेडेर दर्शकहरूलाई वैकल्पिक मार्गबाट स्टेच कार्यक्रम स्थलसम्म पुर्याईएकाे थियाे । महाेत्सवमा शनिवार २० हजार बढि दर्शकहरूले महाेत्सवकाे अवलाेकन गरेकाे मूल समितिका सह-संयाेजक नरेशकुमार श्रेष्ठले जानकारी दिए।

महाेत्सवकाे नवाै दिन लाेकप्रिय लाेकदाेहाेरी गायिका शान्ति श्री परियारकाे प्रस्तुति रहेकाे थियाे । पछिल्लाे समय एक पछि अर्के हिट गीत बजारमा ल्याईरहेकी गायिका परियारकाे उत्कृष्ट प्रस्तुति रहेको थियाे । परियारले अरेली काडैले मलाई च्वास्सै च्वास्सै, गाेर्खे खुकुरी, रूकुम मैकाेट, लाै न नि भैया हान्लेउ गुलेलीले, नम्बरी सुन, पच्छाैरी च्यातियाे तिमीले तानेर लगायतका गीतहरू प्रस्तुत गरेका थिए । शनिवार परियारसँगै सुगम संगीतका लाेकप्रिय गायक हेमन्त शर्मा, रूचा मगर, सुमित्रा बुढा मगर, दिपा शाही, काेष खड्का लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे ।‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा अन्डर फिस टनेल सञ्चालनमा आएकाे छ । महाेत्सवमा आकर्षणकाे रूपमा फिस टनेल सुरूवात भएकाे हाे । विभिन्न प्रजातिका रंगीबिरंगी माछाहरूसहित रमाउनकालागी फिस टनेलकाे व्यवस्थापन गरिएकाे छ ।

प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ । महाेत्सव फागुन १८ गतेसम्म चल्नेछ ।

आईतवार ‘बहुला गायक’ रमेशराज भट्टराई!

महाेत्सवकाे दशाै दिन बहुला गायक भनेर चिचिने गायक रमेशराज भट्टराई, रितु कडेल, कमल गाउले, सुमी राेका, अस्मीता राना, नवराज काप्री, राजु बिसी, दाेशहरण चाैधरी लगायतका कलाकारहरूकाे प्रस्तुति रहने मूल समितिका सह-संयाेजक महेन्द्र बुढाथाेकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation