के हाे सबैले जान्नैपर्ने माक्र्सवादकाे गुदी कुरा ?

(आजभोलि मार्क्सवाद नपढी ,नबुझिकन मार्क्सवादको बिरोध गर्ने, मार्क्सावाद बुझ्दै नबुझिकन कम्युनिस्ट पार्टीको कार्यकर्ता बन्ने चलन चलेको छ,त्यसैले मार्क्सवाद सम्बन्धि सार टिप्पणी पेश गरेको छु,हेर्नुहोस।)

बिश्व मानब समाजका महान क्रान्तिकारी दार्शनिक,मार्गदर्शक कार्ल मार्क्सको आज १४२औ स्मृति दिवसका अवसरमा मार्क्सप्रति उच्च सम्मानका साथ सादर स्मरण,यसै सन्दर्भमा मार्क्सवाद बारे यो सार टिप्पणी पेश गर्दछु :-

#मार्क्सवादकाे सारतत्व के हाे,के यो पुरानो भैसकेको छ ??मार्क्सवाद संसारलाई बुझ्ने,व्याख्या गर्ने र बदल्ने विश्व दृष्टिकोण हो।द्वन्द्वात्मक भौतिकवादी दर्शन ,राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका मुख्य सिद्धान्त हुन।
धेरै मानिसहरु मार्क्सवादलाई औधी लामो बनाएर जटिल बनाउन तिर लाग्छन्। यथार्थमा बनाउनु पर्ने जटिललाई सरल हाे। मार्क्सवादकाे खण्ड-खण्डमा लगेर व्याख्या गर्दा लामाे हुन्छ। व्याख्या गर्नुकाे अर्थ सहि तरिकाले बुझाउने हाे। सरल तरिकाले गर्न सकिने विषयलाई जटिल बनाउनु हुदैन। यहाँ अन्यन्त सरल प्रकारले मार्क्सवाद र यस्को सान्दर्भिकतालाई बुझाउने प्रयास गरिएको छ।

#मार्क्सवादकाे सार :
१.उत्पादनका निम्ति संघर्ष,
२.वर्ग संघर्ष र
३.प्रयाेग नै मार्क्सवादकाे सारतत्व (गुदी) हाे।
#मार्क्सवादी_सिद्वान्त
मार्क्सवादकाे तीन संघटक अंग:-
(क) दार्शनिक सिद्वान्त,
(ख) आर्थिक सिद्वान्त
(ग) सामाजिक सिद्वान्त
यी विषयहरुलाई पनि सरल तरिकाले बुझ्नु र बुझाउनु सकिन्छ। जस्तै:
(क) जीवन र जगतलाई हेर्ने, जाँच्ने र बुझ्ने विश्वदृष्टिकाे-दार्शनिक सिद्वान्त (दर्शन शास्त्र) काे नाम द्वन्द्वात्मक ऐतिहाँसिक भाैतिकवाद हाे।यस्लाई द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद दुई खण्डमा अध्ययन गर्न सकिन्छ।द्वन्द्वात्मक भौतिकवाद अन्तर्गत समाजलाई हेर्ने बैज्ञानिक दृष्टिकोण ,अन्तरबिरोधहरु छन भने ऐतिहासिक भौतिकबादले समाज बिकासक्रमको ऐतिहासिक प्रक्रियाको बारेमा स्पष्ट धारणा दिन्छ।मानव समुदायका विभिन्न धर्म ,संस्कृतिहरु कसरी निर्माण भए तथा ईश्वरको काल्पनिकता कसरी बिकास भयो भन्ने बारे बुझाउछ।
(ख) समाजमा वर्ग छ र शाेषण छ भनेर पत्ता लगाउने वा अध्ययन गर्ने आर्थिक सिद्वान्तकाे नाम राजनीतिक अर्थशास्त्र हाे। सम्पत्तिको शुरुआत कसरी भयो,अर्थतन्त्रको बिकासको वारे ज्ञान दिन्छ।अतिरिक्त मुल्यको सिद्धान्त साथसाथै पुजिबादी स्वामित्व र शोषणको बारेमा ठिक जानकारी राख्न सकिन्छ।
(ग) वर्गिय शाेषणकाे अन्त्य गर्ने उपाया वर्ग संघर्ष हाे र यसकाे माध्यमवाद वैज्ञानिक समाजवाद स्थापन गर्दै शाेषन रहित, राज्य, पार्टी तथा निजी सम्पति रहित विश्व साम्यवादी मान्यता स्थापित गर्नु (सामाजिक सिद्वान्त) समाज शास्त्र हाे।संघर्षको निम्ति संगठन र तीन जादुगरी हतियार ( पार्टी ,संगठन ,संयुक्त मोर्चा) मा जोड दिइएको छ।कार्यक्रम ,नीति र योजनाको सही कार्यान्वयन द्वारा लक्ष्य प्राप्त गर्न सकिन्छ।संगठनका रुपहरु बैधानिक वा अबैधानिक, खुला वा भुमिगत ,राजनैतिक वा फौजी र बर्गिय वा उत्पिडित जातिय गरि विभिन्न रुप हुनसक्ने भएजस्तै संघर्ष पनि शान्तिपूर्ण वा सशस्त्र ,खुला वा भुमिगत,कानुनी वा गैरकानुनी सबै हुनसक्छन।यस्को निम्ति बैज्ञानिक कार्यदिशालाई जोड दिइएको छ।

#मार्क्सवादका तीन मुख्य सारतत्त्व (उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष, र प्रयोग)काे व्याख्या यसरी गर्न सकिन्छ:-
उत्पादनका निम्ति संघर्ष, वर्ग संघर्ष र प्रयोगले समाजको विकास र परिवर्तनलाई बुझाउने आधारभूत सिद्धान्तहरू प्रस्तुत गर्छन्।

१. उत्पादनका_निम्ति_संघर्ष: मार्क्सवादी दृष्टिकोणमा, उत्पादन भनेको कुनै पनि समाजको आधारभूत आवश्यकता हो। समाजका हरेक सदस्यले आफ्नो जीविका चलाउन उत्पादनमा संलग्न हुनुपर्छ। यसले विभिन्न वर्गहरू बीचको शक्ति सम्बन्धलाई निर्देशित गर्छ। उत्पादनका साधनहरूको स्वामित्व र त्यसको नियन्त्रणको संघर्षले समाजको आर्थिक र राजनीतिक संरचनालाई निर्धारित गर्छ। यो संघर्षले नै नयाँ सामाजिक संरचना र अन्ततः समाजवादको मार्ग तयार गर्छ।

२. वर्गसंघर्ष: मार्क्सका अनुसार, इतिहासको विकास वर्ग संघर्षमा आधारित छ। प्रत्येक युगमा एउटा शोषक वर्ग (धनी, पुँजीपति) र शोषित वर्ग (श्रमिक, गरिब) हुन्छन्। यी दुई वर्गबीचको टकरावले समाजमा रूपान्तरण ल्याउँछ। पुँजीवादमा श्रमिक वर्गको शोषण बढ्दै जान्छ, जसले अन्ततः क्रान्तिलाई जन्म दिन्छ। वर्ग संघर्षले समाजलाई पुरानो रूपबाट नयाँ रूपमा बदल्न उत्प्रेरित गर्छ।वर्गसंघर्षका तीन क्षेत्र हुन्छन् :-बिचारधारात्मक,राजनैतिक र आर्थिक क्षेत्र।एउटा बर्गको नेतृत्वमा रहेको राज्यसत्ता अर्को बर्गले बलपूर्वक खोसेर लिने प्रक्रिया नौ सामाजिक क्रान्ति हो।

३. प्रयोग: मार्क्सवादी दर्शनमा विचार र व्यवहारबीचको सम्बन्धलाई बुझाउन प्रयोग महत्त्वपूर्ण छ। केवल सिद्धान्तमा आधारित हुनु मार्क्सवाद होइन, तर ती सिद्धान्तहरूको व्यवहारिक प्रयोग गर्नुपर्छ। मार्क्सले भन्दछन्, “दार्शनिकहरूले संसारलाई व्याख्या मात्र गरे, तर कुरा यो हो कि यसलाई परिवर्तन गर्नुपर्छ।” प्रयोगले वर्ग संघर्ष र उत्पादन प्रक्रियामा वास्तविक हस्तक्षेप गर्दै समाजमा परिवर्तन ल्याउन योगदान दिन्छ।बुझ्नु भन्दा बदल्नु महत्त्वपूर्ण हो।
यी तीन तत्त्वहरू मिलेर मार्क्सवादको सारतत्त्व बनाउँछन्, जसले समाजको वर्गीय संरचना र त्यसमा हुने द्वन्द्वहरूलाई स्पष्ट गर्छ।अहिले मार्क्सबाद वा समाजबाद असफल भयो भनेर पुजीवादीहरुले डंका पिटेका छन र मार्क्सवादी भन्नेहरु पनि दिग्भ्रमित भएर अबको कम्युनिस्ट पार्टी लोकतान्त्रिक हुनुपर्छ भनेर राग अलाप्दैछन,तर पुजीवादी लोकतान्त्रिक प्रणाली (बास्तबमा दलाल पुजीवादी ) आफै मरणासन्न अबस्थामा पुगेको हेक्का गर्न बिर्सेका छन।बिगतका समयमा कम्युनिस्टहरुको अन्तर्राष्ट्रियमा के कमजोरी भयो,समाजबादको प्रयोगमा के के गलतीहरु गरिए निर्मम समिक्षा हुनुपर्छ ।कम्युनिस्ट पार्टी किन जनताको (सर्बहारा) अधिनायकत्वको प्रतिनिधि बन्न सकेन ??

पार्टी अधिनायकत्व क्रमशः नेताको अधिनायकवाद हुँदै गुटतन्त्रमा परिणत भयो र कम्युनिस्ट पार्टी भित्र हेडक्वाटरमै भएका नेताहरु एक अर्काका जानी दुश्मन हुने परिस्थिति आयो,यस्को उत्तर खोज्नैपर्छ।समाजबाद सँग लड्न पुजिबादले ग्लोबल पुजिको निर्माण गर्‍यो,सोही अनुरुपको सैन्य संगठनहरु बने ,तर समाजबादी धार आफ्नै अन्तरसंघर्षले कमजोर बन्न पुगेको कटु यथार्थ स्विकार गर्नैपर्छ ।

सत्ता आरोहण पछि कम्युनिस्ट पार्टी भित्र नै नयाँ राजकीय बर्ग पैदा हुने स्थिति असाध्य नकारात्मक परिणाम हो।यहाँ नेर माओको सांस्कृतिक सर्बहारा क्रान्ति र निरन्तर क्रान्तिको बिचार सबैभन्दा महत्त्वपूर्ण छ,जस्लाई पुर्ण विकसित हुन नपाउँदै प्रती क्रान्तिकारीहरु द्वारा निमोठियो,जघन्य अपराध भयो।

निष्कर्ष !!!
अन्त्यमा मार्क्सबाद अजय बिज्ञान हो।मार्क्सबाद सम्बन्धि छोटकरीमा प्रस्तुत भएका बिषयबस्तु अबैज्ञानिक वा बस्तुपरक छैनन भनेर सायद आलोचना गर्न सक्नुहुन्न।आलोचनाको निम्ति सोभियत रुस असफल भयो वा चिनले पुजीवादी बाटो लियो भन्नुपर्ने हुन्छ,तर तिनिहरु प्रयोग हुन र कहिलेकाही प्रयोग असफल हुन सक्छन ,यदी ठिक नियमहरुको अनुसरण भएन भने।यो सन्दर्भमा भएको त्यही हो।यो कुरा महत्त्वपूर्ण हो कि ,अहिलेको प्रबिधिको बिकास समेतलाई ध्यान दिदै मार्क्सबादमा थप बिकास र नयाँ बैज्ञानिक कार्यदिशा चाहिएको छ,तर मार्क्सबादको जग नखल्बलाईकन।पक्कै पनि पुजिबादले अभुतपुर्ब रूपमा प्रबिधिको बिकास गरेको छ,भुमण्डलीकृत अभिजात्य ग्लोबल पुजिको सँस्थागत बिकास गरेको छ।उस्को प्रबिधि माथिको आधिपत्य खोस्न र थप सँस्थागत भएको पुजिबाद विरुद्ध लडेर बिजय प्राप्त गर्न मार्क्सवादी कार्यदिशाले थप ऐतिहासिक बिकासको माग गर्दछ।तर यश बाट तर्सिएर कसैले शान्तिपूर्ण तारिकाले समाजबाद,संसदीय मार्ग बाटै समाजबाद,सहकारीको बिकास द्वारा समाजबादी कार्यक्रम भन्दै जान्छन भने त्यो संशोधनवाद हो र उनिहरु साम्राज्यवादको हाउगुजी बाट तर्सिएका हुन।मार्क्सबाद पुरानो भएको छैन,कार्यदिशा ,नेतृत्व र कार्यक्रमको अभाव खट्किएको हो।यस्लाई पूरा गर्नु आजको अपरिहार्य दायित्व हो।
कम्युनिस्ट हौ भन्नेहरुमा चेतना भया !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation