मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रदान गर्यो वित्तीय साक्षरता

११ चैत, प्युठान

ग्लोबल मनि विक २०२५ को अवसरमा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड विजुवार अनुगमन शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

प्युठान न पा वडा न–४ विजुवारमा रहेको शाखाले आइतवार ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम मल्लरानि गाउँपालिका कसेरीमा संचालन गरेको हो कार्यक्रममा ४० जना स्थानियहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा कर्जाको आवश्यकता ,बचत को प्रकार, बचत तथा कर्जाको फाईदा र बेफाइदा ,कर्जा लिदा ध्यान दिनुपर्ने पर्ने कुराहरु, कर्जा सदुपयोगिता, बिमा, सेवा , एसएम एसको महत्व र फाईदा नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएतका विषयमा सचेतनामुलक कार्यक्रम गरिएको संस्थाका विजुवार शाखा प्रमुख प्रदिप भण्डारीले बताएकाछ छन ।

कार्यक्रममा विजुवार अनुगमन प्रमुख रमेश अधिकारी , विजुवार शाखा प्रमुख प्रदिप भण्डारी र उधम विकास संयोजक घन्श्याम भुषालले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सहजीकरण तथा सन्चालन उधम विकाश संयोजक राजन थापा गरेका थिए
संस्थाले जिल्लाको सम्पुर्ण पालिकामा करिब १२ हजार ३ सय घर धुरिलाई सेवा दिदै आएको शाखा प्रमुख भण्डारीको भनाइ छ । सस्थाले जिल्लाको ११ वटा शाखा मार्फत सेवा दिइरहेको छ ।
मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडले मार्च १७ तारिख अर्थात (चैत ४) गतेदेखि मार्च २३ (चैत १०) गते सम्म देशैभरी वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ग्लोबल मनि विक २०२५ सम्पन्न गरेको छ । मातृभूमि लघुवित्तले सातैवटा प्रदेशका सम्पुर्ण व्यक्तिहरुमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १सय ७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी वीक मनाएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation