
१५ चैत, प्युठान
गत साेमबार गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा सार्वजनिक भएसँगै नतिजाकाे विश्वश्नियतामाथि व्यापक प्रश्न र आशंकासहित विराेध चलिरहेकाे छ । नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा समिति र त्यसका हर्ताकर्ता सदस्य अमृतबहादुर केसीकाे बदमासीले सीमा नाघेकाे छ । कक्षा ५ काे लेजरमा जम्मा ८ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका तर जनसहयाेगी माध्यमिक विद्यालयबाट सहभागी भएका १७ जनामध्येबाट १५ जनालाई उत्तीर्ण गराइएको पाएपछि हामीले आज पालिकामा नतिजाकाे आँकडा हेर्दा परीक्षा समितिले जनसहयाेगी माविका कक्षा ८ मा अनुत्तीर्ण थप ६ जना र जनता प्रावि सुन्दरमेलाका ३ जना अनुत्तीर्ण विद्यार्थीलाई शिक्षा शाखा प्रमुख दुर्गा सुवेदी र जनसहयाेगी माविका प्रधानाध्यापक अमृतबहादुर केसीकाे मिलेमताेमा टिपेक्स लगाएर र केरमेट गरेर नम्बर थपि पास गराएकाे पाइयाे । त्यस्तै जनता प्राविकाे नतिजामा पनि ५ जना मात्रै उत्तीर्ण भएको भएपनि कम्प्युटर प्रविष्ट गर्दा तीन जना विद्यार्थीलाई आफूखुसी नम्बर चढाएर पास गराइएकाे पाइएकाे हाे । साे विषयमा विद्यालयका प्रधानाध्यापक अन्जु एमसीले आफ्नाे विद्यालयबाट ५ जनासम्म पास हुने आँकलन गरिएकाे भएपनि संयाेगवस ८ जना विद्यार्थी पास भएको कुरा स्वीकार्दै बाँकी परीक्षा शाखाकाे बदमासीकाे विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् ।
त्यस्तै पालिकाकाे परीक्षा समितिका सदस्य लिलाबहादुर केसीले उत्पन्न गडबडीकाे विषयमा आफू त्यति जानकार हुन नसकेकाे बताए । उनले परीक्षाकाे अन्तिम नतिजा प्रविष्ट गर्ने विषयमा अमृतबहादुर, दुर्गा सुवेदी लगायतले नतिजा प्रकाशन गर्ने कुराकाे जानकारी नगराएकाे र आफू ४ बजेतिर पालिका कार्यालय पुग्दा दुर्गा प्रसाद सुवेदी र अमृतबहादुर केसी लगायतले सबै विद्यालयकाे नतिजा इन्ट्री गराइसकेकाे बताए । यसरी निजहरुले सबै काम फत्ते गरेपछि त्यसकाे स्पष्ट समीक्षा नगरिकन अनुमाेदन गर्न बाध्य पारिएको बताए ।
हामीले बिहीबारबाट परीक्षा, नतिजा र जाँच सञ्चालन सम्बन्धिका सबै निर्णय माग गर्दै सूचना प्रदान गर्न गाउँपालिकामा दिएकाे निवेदन थन्क्याएर सूचना दिन आनाकानी गरेर गाउँपालिकाकाे प्रशासनले प्रहरी लगाएर दादागिरी प्रदर्शन गरेकाे छ । पालिकामा थप सूचना र सम्बन्धित सराेकारवालाहरुकाे प्रतिक्रियाकाे लागि हाम्रा प्रधान सम्पादक पदम प्रसाद पाेख्रेल र प्राविधिक खेमराज न्याैपानेमाथि दुर्गा प्रसाद सुवेदीकाे इसारामा नगर प्रहरीले औंला उठाउँदै बढी नबाेल्न र खुरुक्क बाहिर निस्कन कासन गरेका हुन् । हाम्रो टाेलीले पालिकाले प्रकाशन गरेकाे कक्षा ५ र ८ काे सबै विद्यालयकाे पालिकामा राखिएकाे वास्तविक नम्बर र नतिजा प्रविष्ट गरिएकाे ढड्डा (ओरिजिनल लेजर) माग्दा दुर्गा प्रसाद सुवेदीले कुनै एक विद्यालयकाे चिर्कटाे दिँदै त्यही नै पालिकाकाे ढड्डा हाे भनेर झुटकाे खेती गरे । हामीले वास्तविक लेजर माग्दा निकै राताेपिराे देखिएका पालिकाका बदमास अधिकृत दुर्गा प्रसाद सुवेदीले विभिन्न बहानावाजी गर्दै अन्य सबै सूचना दिन अझै पनि आनाकानी गरिरहेका छन् । हामीले प्रक्रिया संबत् ढंगले पालिकाकाे सूचना अधिकारी समेत रहेका गडबढीका बादशाह कहलिएका शिक्षा शाखा प्रमुखसँग सूचना माग्दा निकैबेर आनाकानी गरे । के कारणले सूचना नदिएकाे भनेर प्रतिप्रश्न गर्दा १ घण्टा लगाएर दराजबाट कागजकाे खाेस्टाे निकालेर यही नै पालिकाकाे ढड्डा हाे भन्नु कतिसम्मको बदमासी हाे भन्ने कुरा तपाईं आफैं कल्पना गर्न सक्नुहुन्छ । उसाे त ५० अंककाे पुर्णाङ्कमा पास हुन १८ नम्बर लिन अनिवार्य छ । जुन कुरा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बाेर्डकाे स्पष्ट मापदण्ड हाे । जानकारहरु पालिकाले परीक्षाकाे न्युनतम मापदण्ड पनि घटाएर १५ नम्बर लिएकालाई पास गराउनु गैरकानुनी कार्य भएको बताउँछन् ।
यसरी विद्यालयका प्रधानध्यापक एवं परीक्षा समितिकै सदस्य समेत रहेका अमृतबहादुर केसीले सिंगाे पालिका र परीक्षा समितिलाई चक्मा दिएर आफ्नाे मनामानी ढंगले अनुत्तीर्ण विद्यार्थी पास गराएकाे देखिन्छ । एउटा विद्यालयकाे शिक्षकले बदमासी गरेर सिंगाे पालिका, सम्बन्धित विद्यालय र समग्र शैक्षिक क्षेत्रमै कालाे धब्बा पाेत्दा पनि पालिकाका जिम्मेवार निकायका पदाधिकारीहरु ढाकछाेपमा लाग्नु शैक्षिक क्षेत्रमा इतिहासमै निकै दुखद विषय भएको राजनीतिक अभियन्ता एवम् समाज सुधारक ज्ञामुराम न्याैपाने बताउँछन् । उनले याे निकै संवेदनशील विषय भएकाेले छानवीन समिति बनाएर साे कार्यमा संगलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन्
शिक्षा ऐनकाे २०२८ काे पछिल्लो संशोधन दफा १७ मा कापी परिक्षण र नतिजा प्रकाशनमा अनियमितता गरेकाे पाइएमा १ लाखसम्म जरिवाना तथा ६ महिना कैद सजायकाे व्यवस्था गरिएको छ । यसरी पालिकाेकाे शिक्षा नियमावली र संघीय शिक्षा ऐन हेर्दा जनसहयाेगी माविका प्रधानाध्यापक अमृत बहादुर केसी र पालिकाका शिक्षा शाखा प्रमख दुर्गा प्रसाद सुवेदी समेतले नतिजा प्रकाशनमा गम्भीर अपराध गरेकाे ठहरिन्छन् । उनले सिधै कक्षा ५ का ४ जना र कक्षा ८ का ६ जना विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएका छन् भने गतवर्ष मर्जकाे हाेहल्ला चलेकाे जनता प्राविमा निज अमृतबहादुर केसीकाे श्रीमतीले अध्यापन गराउने भएकोले नतिजा सुधार भएको नाटक गरेर अनुत्तीर्ण ३ जना विद्यार्थीलाई मनाेमानी ढंगले नम्बर थपेर उत्तीर्ण गराइएकाे नेकपा माओवादी (केन्द्र) गाैमुखी गाउँपालिकाका अध्यक्ष रमेश राना मगरले बताएका छन् । उनले निहित स्वार्थ राख्ने बदमासहरुकाे चंगाेलमा सिंगाे पालिका फसेकाेले यस्ताखाले समस्याहरु आइरहेकाे बताए ।
हरेक दिन नयाँ नयाँ गडबडीहरुकाे श्रृङखला बाहिरिँदै गर्दा समग्र पालिकाकाे नतिजाकाे विषयमा व्यापक गडबडी भएको हुनसक्ने आँकलन गर्छन् सराेकारवालाहरु । उत्पन्न समस्याको समाधान पालिकाले भने अनुसार लेजरमा अनुत्तीर्ण र कम्प्युटरमा उत्तीर्ण विद्यार्थीलाई पुनः परीक्षामा ल्याउन मिल्ने कुनै कानुनी आधार देखिंदैन । शिक्षा विदहरु अनुसार फेल भएको विद्यार्थीले ´रि-टाेटलिङ` गर्ने र पुनः परीक्षामा सहभागी हुने प्रावधान भए पनि पास गरिएको विद्यार्थीलाई फेल गराउन नहुने तर्क गर्छन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ काेइराला अन्तिम नतिजामा पास गराइएकाे विद्यार्थीलाई पुनः ४/५ दिनपछि फेल गराएर माैका परीक्षामा सहभागी गराउने कुरा पालिकाकाे अर्काे गम्भीर अपराध ठहर्ने बताउँछन् ।
त्यस्तै अर्का शैक्षिक अभियन्ता घनश्याम पाण्डेले पालिकाले गरेको त्यो समग्र बदमासी एउटा कुनै मास्टरकाे पल्लामा दिने कुरा अनुचित भएको बताउँछन् । उनले त्यस्तो गलत इन्ट्री हानेको कुरा थाहा परीक्षा समितिले थाहा पाउँदा पाउँदै पालिकाले किन त्यसलाई अनुमोदन गर्यो भन्ने प्रश्न खडा भएको बताउँछन् । उनले त्यसरी अनुतीर्ण भएको विद्यार्थीलाई आफूले नम्बर दिएर पास गराउने विद्यालयका प्रधानाध्यापकलाई हदैसम्म कानुनी कारबाहीको दायरामा ल्याउँदै बाँकी परीक्षार्थीलाई पुन: परीक्षा गराउने सहमति अर्को अपराध हुने कुरा भएकोले ८ नम्बरसम्म लिएर पास भएका विद्यार्थीहरूको पुनः परीक्षा गराएर “फेलपास” गराउनुभन्दा अन्य विद्यालयका विद्यार्थीलाई पनि पास गराउनुपर्ने पास गराइएका विद्यार्थीकाे न्युनतम प्राताङ्क र अधिकतम कति विषय लागेकालाई कक्षा चढाइएकाे छ साेहीबमाेजिम निर्णय गरेर अन्य सबै विद्यालयका विद्यार्थीलाई पनि पास गराएर अगाडि जाँदा उपयुक्त हुने र अन्यथा त्यसले ठूलो विवादको रुप लिने उनी स्वीकार्छन् । उनले पास गराइएका विद्यार्थी तुरुन्तै अदालत गएकाे खण्डमा पालिकासँग कुनै कानुनी जबाफ नहुने भएकोले त्यस्ताे मुर्खता नगर्न सुझाब दिएका छन् ।
विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरेर वास्तविक नतिजा हेरफेर गर्ने गम्भीर विषयमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीमा ल्याउन जरुरी रहेको बताउँछन् शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् । जनसहयाेगी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् गाैमुखी गाउँपालिका ५ का वडाध्यक्ष वरुणध्वज मल्लले चन्दा उठाएर भर्खरै मात्र कक्षा ९ र १० चलाइएकाे विद्यालयको गरिमामा आँँच आउने काम भएको देख्दा आफूलाई निकै नमजा लागेकाे बताउँछन् । उनले जिम्मेवार पदमा बसेर यस्ताखाले हर्कत गर्ने अपराधिक मनाेवृत्तिलाई राेक्न जरुरी रहेकाे प्राणमञ्चसँग बताए ।
हिजाे मात्रै परीक्षा समितिकाे बैठकमा अमृतबहादुरले गल्ती स्वीकारेर परीक्षा समितिबाट राजीनामा दिएकाे भएपनि साे घटनामा प्रत्यक्ष जाेडिएका शिक्षा शाखा सम्हालेका अधिकृत दुर्गा प्रसाद सुवेदीलाई भने पालिकाले “सुनपानी” छर्केर चाेखाउन खाेजेकाे छ । जबकि एक गाेप्य स्राेतका अनुसार उनकाे मिलाेमताेबिना अमृतले मात्रै अहिलेसम्म सार्वजनिक भएका गडबडीमा पहुँच राख्न विल्कुल नसक्ने दावी छ । उता अमृतबहादुरलाई भने आज बसेकाे गाउँ शिक्षा समितिकाे बैठकले कारबाही स्वरुप जनसहयाेगी माविबाट सरुवा गरिएको गाउँपालिकाले जनाएको छ । बुधबार साँझबाट हामीले प्रअलाई सम्पर्कमा ल्याउने प्रयास गर्दा अमृतबहादुर अहिलेसम्म सम्पर्कबिहिन छन् । सबै लेजर र प्रविष्ट भएको नतिजा हेर्दा अझ धेरै बदमासी भेटिन सक्ने शैक्षिक सराेकारवालाहरु दावी गर्छन् ।