“अस्वस्थ गर्भधान”(कविता)

कसरी भन्न सक्छु र जननी तिमीलाई
यो सबै तिम्रो दोष भनेर
यहि नेपाली भुमिमा तिमीले जन्मदिएकी थियौ
बुद्ध अरनिको भृकुटी
पृथ्वी भिमसेन अमर भक्तीको
उनै आमाको गर्भमा
जन्मिएछ्न
सत्य र न्यायका बिपक्षी
घुसखोरी ईर्श्यालु बुद्धिभ्रष्टहरु
गिद्द स्याल र व्वासाहरु
तिम्रो दोष होईन जननी
यहाँ अस्वस्थ गर्भधान गराउनेको दोष हो

तिमी प्रेमको आलिङ्गनमा बेरिदा
धपक्कै अन्याए अत्याचारले बाधिएको
कालो तुवालोको जाल बिछ्याईएको रहेछ
त्यसैले त तिम्रो गर्भबाट जन्मेका मनुजमा
सत्य धर्म र न्यायले बास बस्न पाएन
तिम्रो गर्भमा बास गरेर
जुन सन्तान पथभ्रष्ट हुँदै आएछन्
यो तिम्रो दोष होईन जननी
यहाँ अस्वस्थ गर्भधान गराउनेको दोष हो

देख्दा अत्यान्तै सुन्दर रुपवान
तर भित्री ओढार ज्यादै गहिरो
ठुला ठुला भुडि
जालन्धर दानव जस्तै
राता राता आँखा भएका
आफुलाई बलिष्ठ सम्झने
धन दौलत स्त्रीमा मात्रै लिप्त हुने
कक्टेल पाटिमा ब्यस्त हुने
लोकको भय नलाग्ने
मृत्युलाई नजिकवाट नहेर्ने
जीवनको अर्थ नबुझेका
अबुझ सठ जन्मिन पुगेछन्
त्यसैले तिम्रो दोष होइन जननी
यो त अस्वस्थ गर्भधान गराउनेको दोष हो

शङ्गकरले समुन्द्रको मन्थन गरेर
कालकुट बीष निलेजस्तै
तिमीले पनि मन्थन गर्नु पर्छ
अन्याय अत्याचार बिजको संहार गरि
अब स्वस्थ गर्भधान गर्न
हरेक आमाको कोखमा
एउटा सच्चा सपूत नजिकिनु पर्छ
यो देशमा अब फेरि एउटा बुद्ध जन्मिनु पर्छ
त्यसैले सपूत जन्माउन
अब तिमिले अझ केही बर्ष पर्खनु पर्छ
जे देख्दैछ्यौ त्यो तिम्रो दोष होईन मातृभुमी
यो त अस्वस्थ गर्भधान गराउनेको दोष हो !!

प्युठान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation