सुन तोलामा ३ हजार ९ सयले घट्यो!

२२ चैत,काठमाडौं 

नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ।

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले  घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ। बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation