घोराहीमा खुल्ला क्यारमबोर्ड प्रतियोगिता हुँदै

२२ चैत, दाङ

दाङको घोराहीमा खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेला–२०८१ आयोजना हुने भएको छ।

‘खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार’ भन्ने नाराका साथ दाङ सोसाइटी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा चैत २८ गतेदेखि १० गतेसम्म घोराही नगरपालिका–१४ झिगौंरामा उक्त मेला आयोजना गरिने भएको छ ।

यस खेलकुद तथा साँस्कृतिक मेलामा खुल्ला एकल/जोडी क्यारमबोर्ड प्रतियोगिता पनि आयोजना हुने भएको छ।

क्यारमबोर्ड प्रतियोगितामा जोडीमा प्रथम हुने टिमलाई नगद ३० हजार रुपैयाँ, द्वितीय हुने टिमलाई नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी, एकल क्यारमबोर्ड प्रतियोगितामा प्रथम हुने व्यक्ति नगद २० हजार रुपैयाँ, द्वितीय हुने व्यक्तिलाई नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क ५ सय रुपैयाँ तोकिएको खेलकुद संयोजक सुरेश पोख्रेलले जानकारी दिनु भएको छ। उहाँका अनुसार, टिम दर्ता चैत २५ गतेसम्म गरिसक्नु पर्नेछ।

यस मेलाले स्थानीय खेलकुदको प्रोत्साहन मात्र नगरी, सांस्कृतिक गतिविधिहरूको पनि सम्मान र विकास गर्ने उद्देश्य क्लबले राखेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation