शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान (तस्बिरहरु)

१ वैशाख, काठमाडौं

आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदार गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन् ।नेपाल शिक्षक महासंघले यसपालीका नयाँ वर्ष सडकमा नै मनाउनेगरी सर्कुलर गरेको थियो । आन्दोलनमा आएका शिक्षकहरुले प्रदेश स्तरीय अलग अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन् । नयाँ वर्ष आरम्भको पहिलो दिन पनि आफ्ना मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन सडक अवरुद्ध गरेरै महासंघले आन्दोलन जारी राखेको हो ।

हेर्नुहोस तस्बिर-

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation