गुल्मीमा एक पुरुष मृत फेला

गुल्मीमा सुतिरहेको अवस्थामा एक मजदुर मृत फेला परेका छन्। जिल्लाको मदाने गाउँपालिका –६, दुल्लीघाटमा ५२ वर्षीय शिवराम खड्का मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक डिएसपी गंगाबहादुर सारुले जानकारी दिए।

सारुका अनुसार खड्का रोल्पा लुङग्री गाउँपालिका –२ का बासिन्दा हुन्। उनी विगत केही समयदेखि ढोरपाटन सडकखण्डमा मजदुरी गर्दै आएका थिए। मृतक खड्का स्थानीय पुस्कर थापाको घरमा भाडामा बस्दै आएका थिए। नयाँ वर्ष अर्थात् वैशाख १ गते साँझ सुतेका खड्का मंगलबार विहान ६ बजे उठेपछि पुनः सुतेको स्थानीयको भनाइ छ।

उनीसँगै ढोरपाटन सडकखण्डमा १३ जना मजदुरहरूले काम गर्थे। बिहानको काम सकेर खाना खान फर्किंदा शिवरामलाई उठाउन खोज्दा सुतिरहेको अवस्थामा मृत फेला परेपछि तत्काल इलाका प्रहरी कार्यालय पुर्कोट दहमा खबर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation