डिएसपी हुँ भन्दै अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

आफू प्रहरी भएको बताउँदै पोखरास्थित एक रेस्टुरेन्टमा अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका–४ कुडुलेफेदी निवासी ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पौडेलले गत  वैशाख सातगते राति करिब १० बजेको समयमा पोखरा महानगरपालिका–८ सृजनाचोकस्थित ढावा रेस्टुरेन्ट एण्ड बारमा खाना अर्डर गरी खाएपछि आफू ’डिएसपी’ भएको दाबी गर्दै काउण्टरमा रहेका कर्मचारीमाथि धाक धम्कीसहित अभद्र व्यवहार गरेका थिए।

घटनाको जानकारी पाउनेबित्तिकै वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गर्न १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पौडेलमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation