भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका- १ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनी ट्रक बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो ।
मृतक दुईजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए।