यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ !

जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्।

सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

चैनपुर नगरपालिका ३ सिद्धकालीका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए।

पक्राउ परेका खत्रीले बालिकालाई आफू सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

खत्रीलाई सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी बाल यौन दुरुपयोग कसुरमा थप अनुसन्धान भइरहेको निरीक्षक लामिछानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation