माेटरसाइकल दुर्घटनामा युवककाे मृत्यु, घटना संकास्पद

माेटरसाइकल दुर्घटनामा एक युवककाे मृत्यु भएको छ ।
बुधबार साझ ७ बजे तिर घोराहीबाट दुधरासकाे साेनपुर सिमेन्ट फ्याक्ट्री तर्फ जाँदै गरेको से ६ प ८९७८ नं.को मोटरसाइकल घोराही १२ स्थित रमनामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका-९ का ३२ बर्षिय नरेन्द्र चौधरी रहेका छन् भने घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका मानसिंह राना रहेको प्रहरीले जनाएको छ । दुबैजना साे सिमेन्ट फ्याक्ट्रीका मजदुर रहेकाे पनि प्रहरीले बताएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रानाको बाँया खुट्टामा सामान्य चोट लागेको थियो भने पछाडी सवार चौधरिको शरीरमा धेरै चोट लागेको भएपनि अवस्था मध्यम रहेको थियो। प्रहरीका अनुसार घाईतेकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार पश्चात दुबै जना आफुले काम गर्ने फ्याक्ट्रीमा गई सुतेका थिए । १८ गते बिहान ०७;०० बजे नगेन्द्र चौधरीलाई उठाउँदा सुतेको ठाउँमा मृत अवस्थामा भेटिएका थिए ।

प्रहरीले मोटरसाइकलमा सवार व्यक्तिहरूले आफै मोटरसाइकल अनियंत्रित भएर दुर्घटना भएको भनेपनि दुर्घटना स्थलका प्रत्यक्षदर्शी स्थानीयहरुले भने कारले ठक्कर दिएर दुर्घटना भएको बताएका छन् । प्रहरीले ठक्कर दिएकाे भन्ने कुरा एकिन हुने कुनै प्रमाण नभेटिएकाे भनिरहँदा स्थानीयले घटना संकास्पद रहेको बताएका छन् । शवलाई पाेष्टमार्टमकाे लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ भने  मृतकका आफन्त पनि धनगढीबाट तुलसीपुर आइरहेको प्रहरीले जनाएको छ ।

घटनाको तथ्यतथ्य छानवीन भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation