सडक भासिँदा पिकअप भ्यान गायब, खोजी कार्य जारी

हेटौँडा उपमहानगरपालिका १६ र १७ को सिमानास्थित गैरीगाउँमा शुक्रवार अपराह्न सडक भासिँदा सँगसँगै खसेर वेपत्ता भएको ना ४ च ४८३३ नम्बरको  माछा बोक्ने बोलेरो भ्यान अझै भेटिएको छैन।

अहिले पनि गाडी गायब भएपछि त्यहाँ बनेको तालबाट पानी निकाल्ने क्रम जारी रहे पनि गाडी नभेटिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

उनका अनुसार रोकिराखिएको अवस्थामा सडक एक्कासी भासिँदा गाडी हराएको हो। गाडी भासिँदै जाँदा सो स्थानमा पानीको दह बनेको छ।

गाडीका चालक र सहचालक भने बाहिर निस्किन सफल भएकाले ज्यान जोगिएको छ। प्रत्यक्षदर्शीका अनुसार जमिन करिब ५,७ सेकेन्डमै भासिएर गाडी खसेको हो।

उक्त स्थान नजिकै माछापालनको पोखरी र बोरिङ रहेको र बोरिङकै कारण जमिन कमजोर भई भासिएको हुनसक्ने अनुमान गरिएको छ। घटना भने हिजाे शुक्रवारको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation