
गौमुखी गाउँपालिकाको विभिन्न विद्यालयमा विद्यार्थीलाई अपाङ्गता सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
गौमुखी अपाङ्ग सेवा सङ्घ ठुलाबेसीको आयोजना तथा गौमुखी गाउँपालिकाको सहयोगमा सिविआर कार्यक्रम अन्तर्गत अपाङ्गता सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
गौमुखी गाउँपालिकाको वडा नम्बर ५ स्थित जनसहयोगी माध्यामिक बिद्यालय, वडा नम्बर ७ स्थित अमृत जीवन माध्यामिक बिद्यालय र वडा नम्बर ४ स्थित महेन्द्र माध्यामिक बिद्यालयमा सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्ति प्रति समाजको नकारात्मक धारणा रहेको अवस्थामा विद्यार्थी मार्फत समाजमा सकारात्मक सोचको बिकास गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको हो । विद्यालयमा अपाङ्गता भएका बालबालिकाहरूको पहुँच वृद्धि, निशुल्क शिक्षा छात्रवृत्ति को सुविधा विषयमा समेत जानकारी गराइएको थियो ।
विद्यालयमा अपाङ्गता भएका बालबालिका मैत्री शिक्षा, वातावरण र सबैको साथ सहयोग आवश्यक रहेको बारेमा छलफल गरिएको हो ।
अपाङ्गता केहो ? यसको प्रकार र अपांगता सम्बन्धी नीतिनियम,
अपाङ्गता भएका व्यक्तिलाई अपमानानक जन्य शब्दको सट्टा सभ्य र मर्यादित शब्दको प्रयोगगर्ने सम्बन्धी छलफल गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसी, गौमुखी अपाङ्ग सेवा सङ्घका उपाध्यक्ष निरज हमाल, सचिव प्रकाश पुरीले सहजीकरण गरेका थिए ।