प्युठानको स्वर्गद्वारी – ५ सारीमा “चन्द्रीदेवी बुढाथोकी प्रतीक्षालय”को उद्घाटन सम्पन्न

३० वैशाख,  प्याठान

प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–५, सारीमा निर्माण सम्पन्न गरिएको “चन्द्रीदेवी बुढाथोकी प्रतीक्षालय”को उद्घाटन एक औपचारिक कार्यक्रमकासाथ सम्पन्न भएको छ ।

उक्त प्रतीक्षालय राष्ट्रिय जनमोर्चा स्वर्गद्वारी नगर समितिका उपाध्यक्ष तथा संस्थाका अध्यक्ष श्री गङ्गाराम बिसीको निजी पहल, खर्च र समर्पणमा निर्माण गरिएको हो । सार्वजनिक हित, यात्रु सुविधा र मातृश्रद्धाका साझा उद्देश्यलाई आत्मसात् गर्दै निर्मित यस संरचनाले समाजमा उत्तरदायी नागरिक भावनाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रमको उद्घाटन स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख श्री टेकप्रसाद भण्डारीले रिबन काटी गर्नु भएको थियो। समारोहमा उपप्रमुख श्री मीनराज रानामगर विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै, श्री गिरबहादुर गुरुङ, श्री हीरामणि भण्डारी, श्री बिनबहादुर रेग्मी, श्रीमती शारदा बिसी, श्रीमती अम्बिका सुनार लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

समारोहको अध्यक्षता ज्येष्ठ नागरिक श्री जीवलाल बुढाथोकीले गर्नु भएको थियो भने स्वागत मन्तव्य श्री सहदेव बुढाथोकीबाट प्रस्तुत गरिएको थियो। कार्यक्रमको समग्र सञ्चालन श्री गङ्गाराम बिसी स्वयंले गर्नुभएको थियो।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्ने वक्ताहरूले चन्द्रीदेवी बुढाथोकीको नाममा निर्माण गरिएको प्रतीक्षालयलाई केवल भौतिक संरचना नभई श्रद्धा, स्मृति र समाजप्रतिको उत्तरदायित्वको मूर्त रूप भएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थियो ।

प्रतीक्षालय निर्माणले यात्रुहरूलाई भौतिक सुविधा उपलब्ध गराउनुका साथै स्थानीय समुदायमा सेवा, संवेदना र उत्तरदायित्वको भावनालाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ। यस प्रतीक्षालयमार्फत प्रदर्शित मातृभक्ति, सामाजिक चेतना र सेवाभाव सम्पूर्ण नागरिक समाजका लागि अनुकरणीय प्रेरणा बन्ने पूर्ण आशा व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation