रहेनन् पत्रकार फणि महत !

पत्रकार फणि महतको निधन भएको छ।

विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।

रौतहटको चन्द्रपुर नगरपालिका-४ निवासी महत दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए। चन्द्रपुरस्थित रेडियो सुप्रिमको सञ्चालक तथा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत उनी उनी नेकपा एमाले निकट प्रेस चौतारीको मधेस प्रदेश अध्यक्षसमेत थिए।

ब्रेन ट्युमरको समस्या देखिएपछि महतले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए।

उनको निधनप्रति नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संघसंस्थाले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation