सुलिचौरमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभिमुखीकरण कार्यक्रम सुरु

 

६ जेठ, रोल्पा

२०८२ जेठ ५ । विद्यालय शिक्षकहरूलाई लक्षित गर्दै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयुर्वेद तथा योगसम्बन्धी अभिमुखीकरण कार्यक्रम रोल्पाको सुलिचौरमा सुरु भएको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालय, रोल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन भइरहेको उक्त कार्यक्रम जेठ ५ गतेदेखि ७ गतेसम्म एलिसा खाजा घर एण्ड लज, सुलिचौरमा सञ्चालन हुँदैछ ।

कार्यक्रममा सुनिलस्मृति गाउँपालिका अन्तर्गतका ८ वटा माध्यमिक विद्यालयहरूबाट ८ जना शिक्षकहरूको सहभागिता रहेको छ । सहभागीहरूलाई योग अभ्यास, आयुर्वेदका सिद्धान्त, प्राकृतिक उपचार विधि, र दैनिक जीवनशैलीमा स्वास्थ्यप्रति उत्तरदायी बन्ने उपायहरूबारे प्रशिक्षण दिइँदैछ ।

कार्यक्रमको समन्वय सुनिलस्मृति गाउँपालिका शिक्षा शाखाले गरेको हो । आयोजक संस्थाका अनुसार अभिमुखीकरणको उद्देश्य विद्यालय शिक्षकमार्फत समुदायमा स्वास्थ्यप्रति सचेतना र उत्तरदायित्वको भावना विकास गर्नु, तथा आयुर्वेद र योगको व्यवहारिक अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको छ ।

कार्यक्रमको समापन जेठ ७ गते हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation