
प्युठानमा सर्पले डसेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको ऐरावती गाउँपालिका–६ विजुली महेन्द्रदीपकी अमृता गुरुङको सर्पले डसेर ज्यान गएको हो ।
शनिबार राती करीव ८ बजेतिर सर्पले डसेपछि गुरुङलाई उपचारका लागि स्वर्गद्धारी नगरपालिका–९ लामाचौर स्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
विहान ४ बजे केन्द्रमा पुर्याइएकी गुरुङको उपचारको क्रममा ज्यान गएको केन्द्रका प्रमुख हेमराज पौडेलले जानकारी दिए । “विरामीलाई करेत सर्पले डसेको थियो,” पौडेलले भने,“विरामी आईपुग्न ढिला भइसकेको थियो ।”
भारतमा बस्दै आएकी ३३ वर्षीय गुरुङ कुलपुजा मनाउन परिवार सहित केहिदिन अघि घर आएकी थिइन् ।