वीर अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

 

१५ जेठ, काठमाडौं

सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।

देशकै ठूलो र जेठो अस्पताल वीर अस्पतालबाट अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

त्यसका लागि पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation