
१७ जेठ,प्युठान
तेस्रो मल्लरानी खाना महाेत्सवकाे आम्दानी-खर्च सार्वजनिक गरिएको छ । मल्लरानी पर्यटन प्रवर्द्वनका लागि २०८१ चैत ३१ गते देखि २०८२ बैशाख २ गते सम्म संञ्चालन गरिएको महाेत्सवकाे आय ब्यय शनिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएकाे हाे ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रका कोषाध्यक्ष लक्ष्मण श्रेष्ठले महाेत्वसकाे आय ब्यय सार्वजनिक गर्दै आम्दानी ९ लाख ४७ हजार १ सय ८७ रुपैयाँ र खर्च ७ लाख ४९ हजार ३ सय १९ रुपैयाँ रहेको बताए ।
केही रकम उठ्न बाँकी रहेको जानकारी दिदै महोत्सवको कुल खर्च कटाएर १ लाख ९७ हजार ८ सय ६८ रुपैयाँ बचर रहने उनले बताए ।
प्यूठान उद्योग बाणिज्य संघ मल्लरानी बजार क्षेत्रकाे आयाेजनामा नयाँ बर्षकाे अवसरमा ३ दिन सम्म खाना महाेत्वस संञ्चालन गरिएको थियाे । खाना महाेत्सवले मल्लरानीकाे प्रचार प्रसार तथा पर्यटन प्रवर्द्वनमा महत्त्वपूर्ण टेवा पुगेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए ।
विभिन्न सरकारी तथा गैरसरकारी संस्था, कम्पनी, समुह, सहकारी र ब्यत्तित्वहरुको सहयोगमा महोत्सव सम्पन्न गर्न सफल भएको मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए । महोत्सव संञ्चालनमा भएका कमि कमजोरीलाई आत्मसाथ गर्दै सुधार गरि आगामि दिनमा अझै ब्यवस्थित रुपमा संञ्चालन गर्ने प्रतिवद्वता जनाए ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सार्बजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यता, प्यूठान उद्योग बाणिज्य संघमा निवर्तमान अध्यक्ष पशुपति नारायण नकर्मी, संघका कोषाध्यक्ष कुमार श्रेष्ठ लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation