गाैमुखी बन्याे शुन्य “हाेम डेलिबरी” पालिका

३१ जेठ, प्युठान

गौमुखी गाउँपलिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ । पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर गर्भवती भएसंगै गाउँपालिकालाइ शनिवार एक कार्यक्रमका बिच पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०७९/०८० मा ३ सय ३४ जना महिला गर्भवती रहेको गौमुखीमा सबै स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिएका थिए । आ.व. २०८०/०८१ मा २८२ र आ.व. ०८१/०८२ मा २९५ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिए । आ.व. ०८१/०८२ मा ६८ जनाले भने स्थानिय स्वास्थ्य संस्थाभन्दा बाहिर अन्य स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको प्रमुख जैसीले बताए । गाउँपालिकामा ४ पटक गर्भ जाच, तिन पटक सुत्केरी जाच लगाएतका मापदण्ड पुरागर्नेको संख्या ९५ प्रतिशत माथी पुगेसंगै गाउँपालिकालाइ पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको हो । आ.व. २०७९/०८० मा १० र आ.व. २०८०/०८१ ३ जना गर्भवती घरमा सुत्केरी भएका थिए ।

शनिवार गाउँपालिकाको शभाहलमा भएको कार्यक्रममा लुम्वीनी प्रदेश शभा सदश्य धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी. लगाएतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation