स्कुल भ्यान दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु, ६ जना घाइते

काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ।

स्कुलको माईक्रो भ्यान दुर्घटनामा सोही स्कुलमा अध्ययनरत काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त भ्यानको ठक्करबाट घाइते भएका ६ जना मध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation