महेश बर्तौला भन्छन्: `सांसद हुँ´ भन्न लाज लाग्ने भयो

३ असार, काठमाडौँ 

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ‘सांसद हुँ’ भन्न लाज लागेको टिप्पणी गरेका छन्। मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले उक्त टिप्पणी गरेका हुन्।

रास्वपाका कारण यस्तो अवस्था आएको उनको दावी छ। विरोधको नाममा रास्वपाका सांसदहरूले अपनाएको शैलीले आफूहरूलाई सांसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था सिर्जना भएको प्रमुख सचेतक बर्तौलाको भनाइ छ।

उनले रास्वपाको माग र मुद्दाबारे आफ्नो केही टिप्पणी नभए पनि संसद्‌मा विरोध गर्दा न्यूनतम मर्यादाभित्र रहनुपर्नेमा जोड दिए। उनले रास्वपाका सांसदहरूले संसद्‌मा देखाएको विरोध शैलीप्रति आपत्ति जनाएका छन्।

बर्तौलाले भने, ‘रास्वपाका साथीहरूले विरोधको शैलीले हामीलाई सांसदको लोगो लगाएर हिँड्न अपमानित हुने परिस्थिति सिर्जना गर्नुभएको छ। विरोधको शैलीमा पनि उहाँहरू न्यूनतम मर्यादामा रहनुपर्छ। त्यो न्युनतम मर्यादालाई पनि समाप्त पार्नुभएको छ।’

उनका अनुसार सहमतिको वातावरण बनाउन दलहरूलाई सभामुख देवराज घिमिरेले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation