दाङमा कहाँ कति पर्‍यो संघीय बजेट ?

४ असार, घोराही

संघीय बजेटबाट दाङमा सडक स्तरोन्नतिदेखि पुल पुलेसाका लागि बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका कार्यक्रम समेटिएको रातो कितावमा पुल पुलेसा र सडकका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको छ भने शहरी विकास मन्त्रालयले सडक र पूर्वाधारमा बजेट विनियोजन गरेको छ । मन्त्रालयले रातो कितावमा उल्लेख गरे अनुसार सहिद मार्ग (घोराही–नुवागाउँ–तिला–घर्तीगाउँ–थवाङ–मुसीकोट–मैकोट) लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका दाङ, रोल्पा, पूर्वी रुकुम र डोल्पाका लागि ३१ करोड सात लाख विनियोजन गरिएको छ । यस्तै राप्ती लोकमार्ग दाङ–सल्यान खण्डका लागि १७ करोड ७० लाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मदन भण्डारी राजमार्गअन्तर्गत दाङका लागि ३० करोड विनियोजन गरेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत सडक डिभिजन दाङकाबाट कार्यान्वयन हुने सडक घोराही तुलसीपुर चारलेन सडक पनि हो । त्यस्तै भालुबाङ–बाग्दुल्ला–भीमगिठे–चन्द्रौटा–कृष्णनगर–लमही–घोराही–तुलसीपुर सडक योजना दाङका नाममा एक करोड पाँच लाख, स्थानीय सडक पुल पुलेसा मर्मत शीर्षकमा पाँच लाख, तुही सोता कज्वे गोलटाकुरीका लागि १० लाख, तुई सोता गिधनिया पुल फूलबारीका लागि ४० लाख, फोहरा र बसन्तपुरबीचको करुङ्गा खोला पुलका लागि ४० लाख, घोराही–तुलसीपुर सडकको पत्रे खोला पुलका लागि १५ लाख, सेवारखोला पुलका लागि तीन करोड ८० लाख बजेट विनियोजन भएको छ ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दाङका लागि सडक तथा ट्राफिक सुरक्षा शीर्षकमा ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पूर्व–पश्चिम राजमार्गको धानखोला–भालुबाङ शिवखोला सडकखण्डका लागि ५० लाख, भालुबाङदेखि गहनाखोला पुल सडकका लागि ४० लाख, लमही–घोराही सडकका लागि दुई करोड ५० लाख, क्षेत्रीय ब्यापारिक मार्ग विस्तार आयोजना शीर्षकमा घोराहीका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

तुलसीपुर–११ उरहरी डबरा नमुना टोलदेखि सुकौरी जोड्ने सडक स्तरोन्नतिका लागि तीन करोड, दंगीशरण–४ बबई जुरपनिया–बालापुर प्रतापपुर सडकका लागि तीन करोड, घोराही–हापुर–आँखा अस्पताल–हापुरे सडक, जलकुण्डी–बाघखोर–मानपुर–बिजौरी–दहवन–रोल्पा सडक स्तरोन्नति, दाङ–सुर्खेत जोड्ने सडकको (सल्यान–कालीमाटी–काल्चे खण्ड), वैकल्पिक सडक (घोराही–तुलसीपुरको दामोदर खण्ड) र खलंगा मार्के कालीमाटी घुईयाबारी कोहलपुर सडकका लागि तीन÷तीन करोड रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी होलेरी–ग्वारखोला–तुलसीपुर दाङ मोटरबाटोका लागि २५ लाख, राप्ती गाउँपालिका–४ श्रीनारायण चोकदेखि सुंगुरे, देवीकोट–सिल्ले हुँदै बंगलाचुलीको पाँचपोखरी भएर स्वर्गद्वारी मन्दिर सडकका लागि एक करोड ६४ लाख ४९ हजार, सौंडिकुला सिमलबुटादेखि उत्तर अम्राई सिस्वानी ठाँटीगाउँ रजौरा शाहीपुर बिजौरीडाँडा हुँदै रोल्पा होलेरी जोड्ने सडकका लागि २५ लाख, श्रीमणि मार्ग बबरपुर बबईबाट जबरपुर, गंगटे जौबारी हुँदै कोहलपुरसम्म जोड्ने सडकका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । यसैगरी शहरी विकास मन्त्रालयले विभिन्न शीर्षकमा बजेट विनियोज गरेको छ । मन्त्रालयले जिल्लाका संघीय भवन कार्यालयको मर्मत सुधारमा ५० लाख, घोराही–९ मुकुन्डाँडा, अस्परी चौरमा इमरजेन्सी सेन्टर निर्माणमा ९० लाख, सुरक्षित नागरिक आवास कार्यक्रममा गढवा–१ अन्तर्गतका एक हजार आठ सय ९७ वटा स्वीकृत लाभग्राहीको भुक्तानीका लागि ४० लाख, बंगलाचुलीमा एक हजार तीन सय दुईवटा स्वीकृत लाभग्राहीको भुक्तानी गर्न ४० लाख, राप्तीमा दुई हजार दुई सय ४६ वटा स्वीकृत लाभग्राहीको भुक्तानी गर्न ४० लाख तथा लमहीमा एक हजार तीन ४७ वटा स्वीकृत लाभग्राहीको भुक्तानीका लागि २० लाख विनियोजन भएको छ ।

लमहीमा एकीकृत शहरी पूर्वाधार विकास कार्यका लागि पाँच करोड ६० लाख, ठूला शहरी पूर्वाधार विकास गर्ने (लमही–घोराही–तुलसीपुर–इमिलिया) दुधरास खण्डको दायित्व भुक्तानीका लागि दुई करोड, कोइलाबासमा शहरी पूर्वाधार निर्माणमा ४० लाख, भालुबाङ रामजहदी हरित पार्कमा पूर्वाधार निर्माण १४ करोड ९९ लाख नौ हजार, बरुवा गाउँले नहर मर्मत तथा स्तरोन्नतिका लागि तीन करोड विनियोजन भएको छ । त्यस्तै तुलसीपुर–१९ र घोराही–११ जोड्ने बाटो मावि सक्राम भित्री सक्राम गनाउने खोलासम्म पक्की नालासहित कालोपत्रेका लागि तीन करोड, घोराही–१७ पनौरा डावरदेखि शिव मन्दिर हुँदै ज्ञानज्योति टोलको दामोदर सडक जोड्ने दुई किमी सडक कालोपत्रेका लागि तीन करोड, घोराही–७ तल्लो दामोदर सडक लखुवार, राजपुर हुँदै शुक्रवार उत्तर बाहिनीसम्म जाने पक्की नालासहित कालोपत्रेमा तीन करोड, घोराही–६ जयशेर मावि भवन निर्माण तथा कम्प्यूटर ल्यावसहित विज्ञान प्रयोगशाला निर्माणमा तीन करोड, दंगीशरण–४ बबई जुरपनिया–बालापुर–प्रतापकोट सडक स्तरोन्नतिमा तीन करोड, जनश्रम मावि खाद्रे भवन निर्माणमा तीन करोड, घोराही–१७ उज्ज्वल टोल बस्ती विकास कार्यक्रम अन्तर्गत पूर्वाधार स्तरोन्नतिमा तीन करोड, घोराही तुलसीपुर सडक खण्डको मोती भवनचोक देखि दक्षिण इन्जिनियरिङ ढाडगजेरी सडक कालोपत्रेमा तीन करोड, गढवा–२ जनता मावि कालाकाटे भवन निर्माणमा तीन करोड, नारायणपुर चौकीदेखि मावि डाँडागाउँ पोखरी निघुवार पतेनी हुँदै विजौरी जोड्ने बाटो कालोपत्रेमा तीन करोड, राप्ती–७ को ज्योति मार्ग अन्नपूर्ण चोकदेखि धौलागिरी चोकसम्म बाटो ढलान तथा नाला निर्माणमा तीन करोड, प्रगन्ना सिंचाई आयोजनाको २ नम्बर इन्टेकदेखि खुररिया जोड्ने सडक स्तरोन्नतिका लागि तीन करोड, घोराही–६ दामोदर रोडदेखि राजप्रसाद चौधरीको घरसम्म कालोपत्रेका लागि तीन करोड विनियोजन भएको छ ।

त्यसैगरी लमही–५ मा नाक कान घाँटी अस्पताल निर्माणका लागि तीन करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड, घोराही–९ को वडा कार्यालय एकलघरुवा कर्टिया हुँदै भगुवार जोड्ने सडक कालोपत्रेमा तीन करोड, घोराही–११ बरुवागाउँ चौधरी बस्ती वडा नम्बर १२ को सिमानासम्म जोड्ने बाटो कालोपत्रेमा तीन करोड, राप्ती बबई क्याम्पसदेखि शान्तिबजारसम्म सडक स्तरोन्नतिमा तीन करोड, गढवा–७ जनता उमावि भवन निर्माणमा तीन करोड, गढवा–६ नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान भवन निर्माणमा तीन करोड, लमही–८ उचानिम्बुदेखि धारापानी जोड्ने सडक स्तरोन्नतिमा तीन करोड, लमही कोइलाबास सडक स्तरोन्नतिमा तीन करोड, घोराही–१५ मधुवन पुनर्जागरण केन्द्र सामुदायिक भवन निर्माणमा एक करोड ८० लाख, क्वाडी पचुर्खा जजरागाउँ धारापानी पहुँचमार्ग अन्तर्गत उज्ज्वल टोलमा रामबहादुर चौधरीको घरदेखि मोहन वलीको घरसम्म सडक स्तरोन्नतिमा ४० लाख, गढवा–४ रामनगर, हडैया, गोविन्दनगर, खड्गपुर, पर्सेनी बस्ती विकास कार्यक्रम अन्तर्गत पूर्वाधार स्तरोन्नतिमा २५ लाख, गढवा–५ राप्ती पुलदेखि धर्मपुरसम्मको सडक स्तरोन्नतिमा ४० लाख, गढवा–४ प्रज्ववल स्मृति अध्ययन केन्द्र निर्माणमा ७० लाख, राप्ती–१ को नेरामाविदेखि राप्ती नदीसम्म बाटो स्तरोन्नतिमा २५ लाख, राप्ती–१ सिद्धेश्वरी टोल सडक कालोपत्रेमा २५ लाख, राप्ती–४ को सिमानादेखि वडा नम्बर ७ भानपुर जोड्ने अधुरो बाटो पक्की निर्माणमा ४० लाख, लमही–१ प्रगतिनगर टोलमा गंगालाल खनालको घरदेखि पश्चिम सडक स्तरोन्नतिमा २५ लाख, लमही–३ नारायणपुरचोकदेखि उत्तर नारायणपुर हुँदै नागेश्वर मन्दिरसम्मको बाटो कालोपत्रेमा २५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै लमही–१ सुन्डबरी हुँदै दाङ बंगलाचुली सडक जोड्ने स्तरोन्नतिमा २५ लाख, लमही– १ नर्ती सुपादेउराली मन्दिरको पूर्वाधार निर्माणमा २५ लाख, लमही–१ कौडियादेखि सुन्डबरी लाटाबरा मन्दिरबाट शीतलपुर जाने बाटो स्तरोन्नतिमा २५ लाख, लमही–१ छोटेलालचोकदेखि दक्षिणतर्फको टिकलीगढ कुलो बुधुवाचोकसम्म सडक स्तरोन्नतिमा २५ लाख, घोराही–१३ बाह्रकुने मन्दिरको पूर्वाधार स्तरोन्नतिमा २५ लाख, घोराही–१७ को प्रावि स्तरोन्नतिमा २५ लाख, घोराही–२ को रामपुर पलाँसे बलामपुर सडक कालोपत्रेमा २५ लाख, घोराही–१४ र १५ मा अपांगमैत्री हरित फूटपाथ सडक बत्ती तथा नाला निर्माणका लागि ४० लाख, घोराही–१७ पुरानो मघै जाने बाटो र पूर्णबहादुर पाण्डे मार्ग जोड्ने सडक स्तरोन्नतिमा २५ लाख, घोराही–१४ को बहुउद्देश्यीय सभाहल स्तरोन्नतिमा २५ लाख, घोराही–९ गणेशमान सिंह अध्ययन केन्द्रको पूर्वाधार विकासमा ४० लाख, घोराही–१० झारबैरा चोकदेखि वडा नम्बर ८ स्यानीगाउँ चोकसम्म सडक स्तरोन्नतिमा ४० लाख, घोराही–११ रक्षाचौर आँखा अस्पताल बगाले खोला शिवपुर स्कूल पश्चिम सडक तथा वरपरको पूर्वाधार निर्माणमा ४० लाख, घोराही–१० नारायणपुर खानेपानी टोलमा रामु गौतम पश्चिम–दक्षिणतर्फ सडक स्तरोन्नतिमा ४० लाख, घोराही–१३ बराहक्षेत्रदेखि वनगाउँ विएमपी सडक स्तरोन्नतिमा २५ लाख, घोराही–१५ भरतपुर क्याम्पस एकता–लालीगुराँस टोल सडक स्तरोन्नतिमा २५ लाख, घोराही–१५ का रुकबहादुर रिजालको घरदेखि शोकबहादुर खत्रीको घर हुँदै पहिचान टोलसम्म पक्की नालासहित बाटो स्तरोन्नतिमा २५ लाख, घोराही–१३ बडहरादेखि सहिदमार्ग पेट्रोलपम्प जोड्ने डिपर सडक स्तरोन्नतिमा २५ लाख, तुलसीपुर–९ को सडक स्तरोन्नति तथा पक्की नाला निर्माणमा २५ लाख, तुलसीपुर–४ रक्षाचौर गुरुजजुर स्कूलदेखि पुरानो वडा कार्यालयसम्म सडक स्तरोन्नतिमा २५ लाख बजेट विनियोजन भएको छ ।

तुलसीपुर–१७ दीपेन्द्र मावि परिसरको पूर्वाधार निर्माणमा २५ लाख, तुलसीपुर–१३ अकिमदेखि रनियापुर नेपालगंज रोड जलकुण्डी जोड्ने सडक स्तरोन्नतिमा ४० लाख, तुलसीपुर–८ गौरीशंकर टोल चामिखोला सापकोटाचोक देखि पोख्रेल साहुचोकसम्म सडक स्तरोन्नतिमा २५ लाख, तुलसीपुर–६ हात्तीखौवा चोक गाइडर सडक पूर्व पशुपति टोल जाने सडक स्तरोन्नतिमा २५ लाख, तुलसीपुर–४ विज्ञान पार्क निर्माणमा ५० लाख, तुलसीपुर–१८ बेलझुण्डी क्षेत्र विकास समितिको भवन निर्माणमा ५० लाख, दंगीशरण–६ अधुरो बागर सामुदायिक सिकाइ केन्द्र निर्माणमा २५ लाख, दंगीशरण–६ कै बागर थापागाउँ सडक स्तरोन्नतिमा ५० लाख, बागर सामुदायिक सिकाइ केन्द्रको पूर्वाधार स्तरोन्नतिमा २५ लाख, राजपुर बस्ती सुधार कार्यक्रमअन्तर्गत पूर्वाधार स्तरोन्नतिमा २५ लाख, बबई हंसपुर–३ को जनता माध्यमिक विद्यालय परिसरमा पूर्वाधार स्तरोन्नतिका लागि २५ लाख, बबई २ र ५ को सीतापुर बबरपुर सडक कालोपत्रेमा २५ लाख, बबई–६ दलित बस्ती हुँदै सुनपुर जोड्ने सडकमा २५ लाख, बबई–३ जनता मावि हंसपुरमा पूर्वाधार निर्माणमा २५ लाख, बबईको हापुर जाने चोकदेखि खिलतपुर चोकसम्म सडक स्तरोन्नतिमा २५ लाख, राजपुर–५ को बाटो पिचमा २५ लाख, शान्तिनगर–२ मा अमुवा हरिभक्त केसीको घरदेखि पल्लो बाटो सडक स्तरोन्नतिमा २५ लाख, राजपुर लमही र तेलिया बनकट्टी सानी नदी झाृलुङ्गे पुल निर्माणमा ७० लाख, राप्ती गाउँपालिकाको लामाखोलाको लागि १५ लाख, लमहीको रिया मैने झोलुङ्गे पुलमा छ लाख, घोराही–१२ को पांडे र ज्यामिरे खोलाको दोभानमा झोलुंगे पुलमा २० लाख, खडकपुर पोटली झोलुंगे पुलमा ६ लाख, गुरुङखोला पटौलीनाका १ महतेनिया खोलाका लागि १० लाख, लमही–९ र राजपुर–७ जोड्ने सिक्टा तरुलिया झोलुंगे पुलमा एक करोड, पत्खौली खोला पक्की पुलमा तीन करोड, शान्तिनगर–४ को गिधनिया पोटलीसम्म जोड्ने मोडरेवल पुलमा तीन करोड, घोराही–१७ को ढिकपुर पचुर्खा जोड्ने बैकल्पिक सडकको कटुवाखोलाको पक्की पुलमा तीन करोड, तुलसीपुर–६ र ९ को पातुखोला पुलमा तीन करोड, मनिकापुर गढवा जोड्ने कक्रहवा खोलाको पक्की पुलमा तीन करोड, भैसवार खोला पक्की पुलमा एक करोड, विजौरी वसडवरा जमुनी लक्ष्मीपुर दक्षिण कुरहरिया कञ्जवार कोठरी सडकको कालोपत्रेमा १२ करोड २५ लाख, लमही–३ नारायणपुर चोकदेखि उत्तर नारायणपुर गाउँ हुँदै नागेश्वर मन्दिरसम्मको सडक कालोपत्रेमा २५ लाख, राप्ती–१ सिद्धेश्वरी टोल सडक कालोपत्रेमा २५ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै लमही–८ को गोझेना धनपरुवा सडक कालोपत्रेमा २५ लाख, लमही–१ को छोटेलाल चोकदेखि दक्षिणतर्फको टिकुलीगढ कुलो बुधुवा चोकसम्म सडक स्तरोन्नतिमा २५ लाख, राप्ती–१ को नेरामाविदेखि राप्ती नदीसम्म स्तरोन्नतिमा २५ लाख, दंगीशरणको नन्द्रगाउँ सलौरा मौली सुकदेवा सडक स्तरोन्नतिमा तीन करोड, शान्तिनगरको रानीवनदेखि भलानेटी हुँदै बस्ती खोला सडक स्तरोन्नतिमा तीन करोड, तुलसीपुर–१६ को गजगाउँ डोक्रेनी हुँदै कुरहरिया जोड्ने सडक कोलोपत्रेमा तीन करोड, गढवाको खडकपुर दंगाली पर्सा पर्सिया मंघर हुँदै राप्ती पुलसम्मको सडकमा २३ लाख ५५ हजार, लमही–७ को जनकपुर बनघुस्री हुँदै हसनापुर जाने पक्की बाटो निर्माणमा ५० लाख, लमही–१ पिपलबोटबाट कौडिया र सुन्डबरी जोड्ने खोलामा बक्स कल्भर्ट तथा बाटो स्तरोन्नतिमा २५ लाख, घोराही–१६ को घोराही गुलरिया सडकमा २५ लाख, घोराही–१५ को रुकबहादुर रिजालको घर देखि सौकबहादुर खत्रीको घर हुँदै पहिचान टोलसम्म पक्की नाला सहित बाटो स्तरोन्नतिमा २५ लाख, घोराही–१० झारबैरा चोक देखि ८ नम्बर वडाको स्यानी गाउँ दयाराम चौधरीको घर हुँदै स्यानीगाउँ चोकसम्म सडक स्तरोन्नतिमा ४० लाख, तुलसीपुर–८ कटकुईया चोक देखि चुकीलेखोला भट्टेसल्ली वन प्रतापकोट हुँदै सल्यान लुहाम जोड्ने सडकमा ५० लाख, तुलसीपुर–९ को सडक कालोपत्रे तथा पक्की नाला निर्माणमा २५ लाख, तुलसीपुर–१८ को दुधरास मोती भवनदेखि दक्षिण इन्जिनियरिङ कलेज हुँदै जाने पक्की सडकमा २५ लाख, तुलसीपुर–१७ कञ्जली हुँदै बघौसी जोड्ने सडक स्तरोन्नतिमा २५ लाख, दंगीशरण–६ को राजपुर बस्ती सडक पूर्वाधार निर्माणमा २५ लाख र शान्तिनगर–२ मा अमुवा डर बाटो ३ किमि कालोपत्रेमा २५ लाख बजेट विनियोजन भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा दाङमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन, टरिगाउँ विमानस्थलको विस्तार, लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापना, वृहत दाङ सिंचाईको निरन्तरता, ग्वारखोला हाइड्यामको सम्भाव्यता अध्ययन, राप्ती राजमार्गको स्तरोन्नति, माडी–दाङ डाइभर्सन सम्भाव्यता अध्ययन, शिवपुर–भालुबाङ सुरुङमार्ग सम्भाव्यता अध्ययन जस्ता दाङ क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्नुभएको थियो । अर्थ मन्त्रालयले रातो कितावमै उल्लेख गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि ७० करोड बजेट परेको जनाएको छ । आर्थिक वर्ष ०८२÷८३ को लागि भवन निर्माणको लागि ७० करोड बजेट बिनियोजन भएको हो । प्रतिष्ठानमा मेसिनरी औजार अनुदानतर्फ १६ करोड ८४ लाख बजेट आएको छ । प्रतिष्ठानको चालु खर्चको लागि २८ करोड २८ लाख र पूँजीगततर्फ ८६ करोड ८४ लाख बजेट परेको हो । त्यस्तै प्रगन्ना तथा बड्का पथ सिंचाई आयोजनाका लागि सिंचाई संरचना निर्माणमा ३५ करोड ७९ लाख, बृहत दाङ उपत्यका सिंचाई आयोजनाका लागि सिंचाई संरचना निर्माणमा ३६ करोड बजेट रातो किताबमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation