प्यूठानमा अरिङगालले टाेक्दा एक जनाकाे मृत्यु भएको छ । प्यूठानकाे गौमुखी गा पा वडा न ५ खुङमा गएराति राति करिब ११: ३० बजे तिर छ जनाकाे समुहले अरिङ्गल (कालो अरिङ्गल) पोल्ने क्रममा अरिङगालकाे टाेकाइबाट रुखबाट लडेका ३४ वर्षीय कृष्ण थापाकाे जिल्ला अस्पताल विजुवारमा उपचारकाे क्रममा राति २ बजे मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख सुवास खड्काले बताएका छन् ।
अरिङगालले टाेक्दा अन्य ५ जना घाइते भएको र उनीहरुकाे प्युठान अस्पताल बिजुवारमा उपचारका भइरहेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।