एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

 

 

१३ साउन, काठमाडौं

भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ।

गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सीमित स्रोतसाधन र जनशक्तिबाट एकै संस्थाले एक महिनामै ३० जनाको मिर्गाैला प्रत्यारोपण गर्नु ठूलो उपलब्धि भएको उनले बताए ।

एकै संस्थाले यति धेरै संख्यामा मिर्गाैला प्रत्यारोण गर्ने काम संसारभरि विरलै हुने दावी कार्यकारी निर्देशक डा.श्रेष्ठको छ ।

श्रेष्ठका अनुसार आर्थिक गत आर्थिक वर्ष २०८१\०८२ मा राष्ट्रिय प्रत्यारोपण केन्द्रले १८६ मिर्गाैला प्रत्यारोपण र ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।

उक्त आर्थिक वर्षमा मिर्गाैला प्रत्यारोपण गराउने १४ वर्षदेखि ७१ वर्षसम्मका व्यक्ति रहेको श्रेष्ठले जानकारी दिए । यसमध्ये १५५ जना २० देखि ४९ वर्ष उमेर समूहका रहेका छन् ।

१५–१९ उमेर समूहका ६ जना, २०–२९ उमेर समूहका ४७ जना र ३०–३९ उमेर समूहका ५८ जना रहेका छन् । त्यसैगरी ४०–४९ उमेर समूहका ४५, ५०–५९ उमेर समूहका २६ र ६०–६९ र उमेर समूहका ३ जनाको केन्द्रमा मिर्गाैला प्रत्यारोपण गरिएको श्रेष्ठले जानकारी दिए ।

मिर्गाैला प्रत्यारोपण गराउनेमा १३६ जना पुरुष र ५० जना महिला रहेका छन् । मिर्गाैला दिनेमा भने १३० जना महिला र ५५ जना पुरुष रहेको श्रेष्ठले बताए ।

डा.श्रेष्ठका अनुसार स्थापना भएको १३ वर्षमा राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १४७१ जनाको मिर्गाैला र ३४ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

केन्द्रकै अगुवाइमा उक्त आर्थिक वर्षमा प्रादेशकि अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गाैला प्रत्यारोपण भएको श्रेष्ठले जानकारी दिए ।

यसै वर्ष केन्द्रले मस्तिष्क मृत्यु व्यक्तिबाट प्राप्त मिर्गाैला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरेको थियो ।

सातवटै प्रदेशमा मिर्गाैला प्रत्यारोपण सेवा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको लक्ष्यअनुसार केन्द्रले द्ध प्रदेशमा सेवा सुरु गरिसकेको र बाँकी प्रदेशमा छिट्टै सेवा सुरु गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए।

केन्द्रका लागि सरकारले समयमै जग्गा उपलब्ध नगराउँदा सेवा विस्तार गर्न नसकिएको उनको गुनासो छ ।

-अनलाइनखबर बाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation