सल्यान कपुरकाेट गाडी दुर्घटनामा बीभत्स बनेको सल्यान एक हप्ता नपुग्दै आज एकाबिहानै कुमाख ७ बाट खैराबाङ माइभगवतीकाे दर्शनका लागि हिडेका गाडी दुर्घटना भएको छ । यसअघि पनि श्रृङखलाबद्व दुर्घटनाहरुमा सल्यानमा सवारीहरु ज्यान गुमाईरहेका छन ।
सल्यानमा विहानै गाडि दुर्घटना भएको छ । रा १ ज ९८७९८ नंम्बरको जिप दुर्घटना हुदा एक महिला र एक पुरुष गरि २ जनाको निधन भएको वडाध्यक्ष डम्बर शाहीले जानकारी दिएका छन । मृत्यु हुनेमा साेहि ठाउँका ३९ बर्षीय मान बहादुर पुन र १४ बर्षिय एनका पुन रहेका छन।
अधिकांश यात्रु डुमकोटका रहेको जानकारी दिए ।
वडा नं.७ जिमाली पातिहाल्न चिसापानीमा भएको गाडी दुर्घटनामा १८ जना घाइतहरुको उपचारको लागि पठाएको छ । क्षमता भन्दा बढि यात्रु बोकेका कारण्ण दुर्घटना भएको हुन सक्ने अध्यक्ष शाहीले जानकारी दिएका छन ।