अशक्त दिलिपले पाए घरमै नागरिकता !

२५ साउन, प्युठान 

प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा पूर्णरूपमा अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ।

वडा कार्यालयको सिफारिस र पहलमा प्रशासनका अधिकारीहरूको टोलीले आईतबार दिलिपको घरमै पुगेर नागरिता प्रदान गरेको हो।
वडा अध्यक्ष सुमनराज श्रेष्ठले घरमै सेवा पुर्‍याउन सहजीकरण गरेकोमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रशासकीय अधिकृत शरद गौतमसहित जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिँदै वडा सधैं जनताकै सेवामा तल्लिन रहने बताए । निजकाे बुबा पनि नभएको र आर्थिक अवस्था निकै कमजाेर भएकाले वडाले पनि सक्दाे सहयोग गर्न तत्पर रहेकाे ३ नम्बरका वडाध्यक्ष सुमनराज श्रेष्ठले बताएका छन् ।

नागरिकता पाएपछि दिलिपकी आमा कलि सुनारसहित स्थानीयले वडा कार्यालय र प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेका छन्। जन्मजात नशा सम्बन्धी राेगले थलिएका १६ वर्षीय दिलिपकाे स्वास्थ्य अवस्था झनै बिग्रिएकाे पारिवारिक स्राेतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation