युनिटी टी–२० सिरिज: नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी–२० सिरिजको दोस्रो खेल आज हुदैछ।

युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा आठ बजेदेखि शुरु हुने छ।

नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १–० को अग्रता हासिल गरेको छ।

नेपालले कुनै पनि टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो। नेपालले आजको खेल जितेमा सिरिज जित्ने छ। सिरिजको अन्तिम खेल मंगलबार हुदैछ।

यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएई पुगिसकेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation