एनपीएल: आज कर्णाली र काठमाण्डू भिड्दै

त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज भिड्दैछन्। खेल अपराह्न ३ः३० बजे शुरु हुनेछ।

सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी कर्णाली याक्सले एकमात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आइतबारुको खेल जित्नैपर्ने बाध्यता छ।

करण केसीको नेतृत्वमा रहेको काठमाण्डू ६ अंकसहित तेस्रो स्थानमा छ। प्लेअफको यात्रामा पुग्न काठमाण्डूका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation