सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने

२४ मंसिर, काठमाडौं

सरकारले आजदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ।

‘मनका कुरा गरौं’ भन्ने नारासहित राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आजदेखि सुरु गर्ने अभियान फागुन ३० गतेसम्म तीन महिना सञ्चालन हुनेछ।

केन्द्रकी निर्देशक डाक्टर राधिका थपलियाले मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन्। उनले ‘जेनजी’ प्रदर्शनपछि सबै वर्गमा तनाव थपिएको भन्दै अभियानले थोरै भए पनि त्यसमा सकारात्मक भूमिका खेल्ने बताइन्।

अभियानमा क्रममा हरेक महिना फरक खालका विषयमा सचेतनाका कार्यक्रम गरिनेछन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा रहेक १० मध्ये एक जनामा मानसिक स्वास्थ्य समस्या छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आव २०८१/८२ मा सात हजार ५५ जनाले मानसिक समस्याका कारण आत्महत्या गरेको हिजो आयोजित अभियान सम्बन्धी पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation