टी-२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा

 

२२ पुस, काठमाडौं

भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो । टोलीमा एनपीएल २०२५ मा शानदार प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित शेर मल्ल समावेश भएका छन् ।

शेर पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका हुन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् ।

विश्वकप एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने विश्वकप खेल्ने टोलीमा परेनन् ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation